छोरा नपाएको भन्दै श्रीमतीमाथि कुटपिट
डोल्पा : डोल्पाको ठुलीभेरी नगरपालिका ७ जुफाल बस्ने एक महिला श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी छिन। श्रीमान कुमार शाहले छोरा नपाएको भन्दै कुटपिट गर्दा बिसरा रोकाया गम्भीर घाइते भएकी हुन्।
वैशाख २१ गते मदिरा सेवन गरेका रोकायका पति शाहीले छोरा नपाएको रिसमा घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका हुन्। पतिको कुटपिटबाट बेहोस भएकी रोकायको होस स्थानीय मेडिकलमा उपचार पश्चात खुलेको थियो। श्रीमानको प्रहारबाट चोट लागेको आँखामा तीनवटा टाँका लगाइएको छ ।
रोकायाले श्रीमानको कुटपिटविरुद्ध जुफाल विमानस्थल सुरक्षार्थ रहेको प्रहरी चौकीमा न्यायको माग गर्दै उजुरी दिएकी छन्। ‘श्रीमानले पटक–पटक विभिन्न प्रकारका यातना दिइरहेकाले ज्यान जोगाइदिन आग्रह गर्दै प्रहरीलाई उजुरी दिएकी छु’, घाइते रोकायाले भनिन्, ‘अब यसरी जीवन बिताउन सक्दिन ।’
घाइते रोकायाले उजुरी गरेपछि प्रहरीले कुमार शाहीलाई पक्राउ गरी मिलापत्र गराएको प्रहरी चौकी ईन्चार्ज कृष्णराज शर्माले जानकारी दिए।