बझाङमा खोलाले बगाउँदा एक्कै परिवारका चारसहित पाँचको मृत्यु

बझाङमा खोलाले बगाउँदा एक्कै परिवारका चारसहित पाँचको मृत्यु

बझाङ : बझाङको थलारा गाँउपालिकामा खहरे खोलाले बगाउँदा एक्कै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ। थलारा गाउँपालिका ४ का २८ वर्षीय हर्क विक, उनकी श्रीमती २५ वर्षीया डल्लीदेवी, सात वर्षीया छोरी मनिसा, चार वर्षीय छोरा सक्षम र सोही ठाउँका कलसा विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार राति करिब ८ बजे तिर उनीहरुलाई खोलाले बगाएको थियो। खोलाले स्थानीयलाई बगाएको खबर पाएपछि प्रहरीसँगै  थलारा गाउँपालिकाका अध्यक्षसहितको टोली घटनास्थल पुगेको थियो।    सुरुमा तीन जनाको शव भेटेको टोलीले मनिसा र सक्षमको शव ढिलामात्र फेला पारेको थियो।    

अविरल बर्षका कारण १९ गते जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने जयपृथ्वी नगरपालिका ७ मा समेत खहरे खोलाले से १ ज ८२० नम्बरको जीप बगाउदा तीन जनाको मृत्यु भएको थियो।    

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.