तीन शक्तिबीच सहकार्यका लागि गृहकार्य

तीन शक्तिबीच सहकार्यका लागि गृहकार्य

काठमाडौंः माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नयां शक्ति पार्टीबीच राष्ट्रिय मुद्दामा गृहकार्यगर्दै अघि बढ्ने अनौपचारिक सहमति भएको छ । सहमति अनुसार आआफनो पार्टीको आधिकारीक निकायबाटै वार्ताको लागि ती पार्टीहरुले आग्रह गरेका छन् । फोरम नेपालको तीन दिने केन्द्रीय समितिको शुक्रबार सम्पन्न बैठक र नयां शक्तिको शनिबारसम्पन्न दुई दिने सचिवलाय बैठकले बिचार, दृष्टिकोण र कार्यक्रम मिल्ने शक्तिहरुसंग खुला र खुलस्त रुपमा सहकार्य गर्न सक्ने निर्णय गरेका छन् ।

एमाले र माओवादीबीच गत असोज १७ गते पार्टी एकता गर्ने सहमति भएको थियो । सो सहमतिलाई पूर्ण बिराम दिन भन्दै सार्वजनिक भएको वैशाख ९ गतेको तीथिमा पार्टी एकीकरण हुन नसकेपछि केही शंका र आशंका राख्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले फोरम अध्यक्ष उपेन्द्र यादव र नयां शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईसंग निकट हुँदै आएका छन् ।

यसैक्रममा उनीहरुबीच कार्यगत एकताको उद्देश्य राख्दै हाललाई राष्ट्रिय मुद्दामा कुनै प्रकारको सहकार्य गर्ने अनौपचारिक सहमति भएको छ । सो सहमति अनुसार नयाँ शक्तिले मुद्दा, एजेण्डा तथा कार्यक्रम मिल्ने दलसँग मात्र पार्टी एकता गर्ने भन्ने निर्णय गरेको छ । सो पार्टीका संगठन विभाग प्रमुख गंगाराम श्रेष्ठले अन्नपूर्णसंग आइतबार कुराकानीगर्दै भने,‘ मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकतागर्ने नीतिमा पुगेका छौं ।’ उनलेभने,‘ पार्टी एकताका विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएका छन् । यद्दपि ती छलफल ठोस निष्कर्षमा पुगेका छैनन् । ’

फोरमको शुक्रबार सम्पन्न छौटौं केन्द्रीय समिति बैठकले पनि जिम्मेवार पार्टीहरुसँग एकताका लागि आह्वान गरेको जानकारी महासचिब रामसहाय यादवले दिए । उनले भने,‘ मधेसका मुद्दाको संवोधन नै कुनै प्रकारको एकता जो कोहीसंग हुनेछ ।’ सो अनुसार नभएकोले प्रधानमन्त्री केपी ओलीको सरकारमा गएनौ । यसैगरी अन्य पार्टीहरुसंग पनि कुनै प्रकारको एकता संभव नरहेको यादवले बताए । यद्दपि यसका लागि बिचार मिलनेहरुसंग औपचारिक सहमति नभएको उनले बताए । प्रधानमन्त्री ओलीले सबै मुद्दाको संवोधन गर्ने प्रतिवद्धता अनुसार लिखित सहमति नगरेसम्म आफुहरु सत्तामा जान सक्दैनौ महासचिब यादवले बताए ।

नयां शक्ति संगठन विभाग प्रमुख श्रेष्ठले एक प्रश्नमा माओवादी अध्यक्ष दाहालले पार्टी एकताको प्रस्तावमा सहअध्यक्ष लिन गरेको आग्रहभन्दा पनि ठूलो कुरा मुद्दा, एजेण्डा र कार्यक्रममा प्रतिवद्धता जनाउनु पर्ने बताए । ‘नयां समाजवादी केन्द्र’ बनाउन जो तयार हुन्छ, उसैसंग एकता गर्ने आफुहरुको खुला प्रस्ताव रहेको छ’ उनले भने । सहसंयोजक दिने जस्ता प्राविधिक पक्षलाई ध्यान दिनुको कुनै अर्थ नरहेको उनले बताए । पछिल्लो दुई हप्ता यता प्रचण्डले बाबुरामसँग पटकपटक भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली एकताप्रति नरम नभएपछि प्रचण्ड ओलीसँग सशंकित बन्दै डा. भट्टराईसंग लचक भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.