त्रिविका शिक्षा संकायका कक्षा बन्द
काठमाडौं : त्रिभुवन बिश्वविद्यालय क्याम्पस कीर्तिपुर लगायत देशभरिका सम्पुर्ण आंगिक क्याम्पसमा पठनपाठन थप्प भएको छ । एकहप्ताअघि देखी सुरु भएको आंशिक प्राध्यापकहरुको असहयोग आन्दोलनको कारण शिक्षा बिभाग अन्तर्गतका सम्पुर्ण विषय बिभागका कक्षा पुर्ण रुपमा बन्द भएका हुन्।
असहयोग आन्दोलनको विशेषगरी शिक्षा बिभाग केन्द्रिय क्याम्पसमा यसको प्रभाव परेको छ। आंशिक प्राध्यापकहरुको आन्दोलनको कारण आफ्नो कक्षा अबरुद्ध भएको र पढ्न पाउने अधिकारलाई बिभाग र सिङ्गो त्रिविले कुन्ठित गरेको भन्दै विद्यार्थीले नाराबाजी सुरु गरेका छन्
विद्यार्थीले विभागीय प्रमुख कृष्ण आचार्यलाई कार्य कक्षमा थुनेका छ्न्। एकातिर आंशिक प्राध्यापकहरुको आन्दोलन र अर्कोतिर पढ्न पाउनु पर्छ भन्ने विद्यार्थीको आन्दोलनका कारण त्रिबि को प्राज्ञिक गरिमा माथी प्रश्न चिन्ह खडा भएको छ।
त्रिवि शिक्षा विभागमा ठूलो संख्यामा प्रहरी परिचालन समेत भएका छन् भने विद्यार्थीहरुले तोडफोड समेत गरेका छ्न्। अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष प्रेम पाण्डेयका अनुसार जे जस्तो परिस्थिति देखा परेता पनि बिद्यार्थीहरुको दैनिक पढाइ रोकिनु खेदजनक भएको बताए । त्रिविले तत्काल दैनिक रुपमा पढाई सुचारु गरी सम्पूर्ण विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष पाण्डेयले बताए।