बालविवाह राेकियाे

बालविवाह राेकियाे

त्रिपुराकोट(डोल्पा) :  यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको विवाहलाई प्रहरीले बदर गरिदिएको छ । त्रिपुरासुन्दरी नगरपालिका –४ रङ्गकी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वडा नं २ रुम का १८ वर्षीय गोविन्द बुढाबीच हुनै लागेको विवाह त्रिपुराकोट प्रहरी चौकीेले बदर गरिदिएको हो । 

उमेर नपुगेकी १५ वर्षीया छोरीलाई ललाइफकाइ यही वैशाख २१ गते राति उनको घरबाटै विवाहका लागि भगाएर लगेकाले कारवाही गरी विवाह बदर गरी पाउँ भनी बालिकाका बुबा पुनबहादुर बुढाले भोलिपल्ट उक्त प्रहरी चौकीमा निवेदन दिएका थिए  । 

तेस्रो दिन दुबै पक्षका अभिभावकलाई बोलाइ छलफल गराउँदा उमेर नपुगेको पाइएपछि सोमबार हुने भनिएको विवाह बदर गरी उमेर नपुगेसम्म विवाह नगर्न र गरेको पाइएमा कारवाही गरिने कागज गराएर उनीहरूलाई आ–आफ्ना अभिभावकको जिम्मा लगाइएको प्रहरी निरीक्षक रोमहर्ष सिजवालले जानकारी दिए ।रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.