६८ वर्षपछि भारतीय प्रधानमन्त्री मधेसमा

६८ वर्षपछि भारतीय प्रधानमन्त्री मधेसमा

काठमाडौं : ६८ वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मधेस र मधेसीको आस्थाको केन्द्र जानकी जन्मस्थल जनकपुर आउँदै छन् । मोदी भ्रमणको उद्देश्य धार्मिक देखिए पनि वास्तविकतामा दुई देशबीचको राजनीतिक सम्बन्ध सुधार रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

यसअघि १९५० मा सप्तरीको भारदहस्थित कोसी ब्यारेजमा भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरु आएका थिए । ब्यारेजबाट भारततर्फको क्षेत्रमा क्षति न्यून गराउनु उक्त भ्रमणको उद्देश्य थियो ।

मोदी भ्रमणलाई धार्मिक यात्राका रूपमा लिइए पनि उक्त अवसरमा सत्तारूढ दल एमाले, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल कांग्रेस, राजपा र संघीय समाजवादी फोरम नेपालसँग मोदीको भेट हुन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । रामजानकी मन्दिर र मुक्तिनाथको दर्शनलाई केन्द्रित गर्दै हुन लागेको मोदी भ्रमण सन् १९५० को शान्ति र मैत्री सन्धिदेखि मधेस आन्दोलन हुँदै नाकाबन्दीसम्मका घटना र तिनले दुई देशको सम्बन्धमा पारेको गम्भीर असरलाई सकारात्मक ‘युटर्न’ गराउने उद्देश्यका गरिएको स्रोतले बताएको छ ।

धार्मिक रूपमा हुन लागेको देखिए पनि केही समयदेखि उतारचढावका रूपमा रहेको दुई देशबीचको सम्बन्ध भ्रमणपछि बहुआयामिक रूपमा अघि बढ्ने राजपा अध्यक्ष मण्डलका नेता शरत्सिंह भण्डारीको विश्वास छ । ‘दुई सरकार, राजनीतिक दल र जनताबीच प्राचीनकालदेखिको सम्बन्धलाई दुवै पक्षले परिवर्तित सन्दर्भअनुकूल गराउँदै छन्’, उनले भने, ‘रोटीबेटीको सम्बन्धलाई यथार्थमा रूपान्तरण गर्ने समय पनि भ्रमणमा उपयोगी हुनुपर्छ ।’

यसअघि सन् १९५० मा सप्तरीस्थित कोसी ब्यारेजमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु आएका थिए । उनको भ्रमणको उद्देश्य भारतीय भूभागमा कोसीले गर्ने क्षति न्यून पार्नु थियो ।

६८ वर्षपछि नेपालको मधेस भूभागमा भारतीय प्रधानमन्त्रीलाई पाउनु खुसीको विषय रहेको राजपा अध्यक्ष मण्डलका अर्का नेता अनिलकुमार झाले बताए । मोदी भ्रमण सफल बनाउन प्रदेश २ र केन्द्र एक भएर काम गरिरहेको उनको भनाइ छ । प्रदेशका नेताले प्रदेश २ मा र केन्द्रीय नेतृत्वले मोदीलाई केन्द्रमा भेट गर्ने उनलेल जानकारी दिए ।

नेपालको राष्ट्रिय एकताका लागि सिंहदरबारभन्दा मधेसी नेतृत्व प्रतिबद्ध रहेको उनको दाबी छ । प्राचीनकालदेखिको दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भअनुसार अघि बढाउने उद्देश्यका साथ आफूहरूले काम गरिरहेको प्रदेश २ का उद्योग एवं पर्यटनमन्त्री रामनरेश रायले बताए । ‘मोदीको यो भ्रमण विगतका तिक्ताता अन्त्य गर्ने कडी हुनेछ’, उनले भने ।

याे पनि पढ्नुहाेस्

मोदीको नेपाल यात्रा : डुबान समस्या उठाउने तयारी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.