मोदीको स्वागतमा एक करोड २६ लाखको मञ्च

मोदीको स्वागतमा एक करोड २६ लाखको मञ्च

जनकपुरधाम : कडा सुरक्षा घेरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन स्थलको व्यवस्थापन भइरहेको छ। वैशाख २८ गते हुने मोदीको राजकीय भ्रमणको क्रममा जनकपुरको बारहविघा मैदानमा हुने नागरिक अभिनन्दनका लागि मञ्च निर्माणको कार्यलाई तिव्रता दिइएको छ। 

५० हजार भन्दा बढी सर्वसाधारण अटाउन सक्ने आधुनिक मञ्चको निर्माणको काम भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव कसन किशोर झाका अनुसार एक करोड २६ लाख खर्चिएर मञ्च बनाने काम भइरहेको छ। बारहविघा मैदानमा भइरहेको मञ्च निर्माण तथा अन्य व्यवस्थापनको कार्य नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विशेष सुरक्षा घेरामा भइरहेको छ। 

बारहविघा मैदानको प्रवेशद्वारमै प्रहरीको टोली छ भने चारैतिर सुरक्षाका लागि २४ सै घण्टा सुरक्षाकर्मी उभिएका हुन्छन्। मैदान भित्र सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ। तस्बिर खिच्न प्रहरी उच्च अधिकारीबाट स्वीकृत लिएर मात्र मैदानमा प्रवेश दिइएको छ। सुरक्षा संवेदनशीलतालाई हेर्दै सर्वसाधारणको प्रवेशमा रोक लगाउनु परेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहको भनाइ छ।

यता, भारतीय प्रधानमन्त्रीको आगमनलाई दृष्टिगत गरी उनी हिड्न रुट बारहविघा, रामानन्द चोक, जानकी मन्दिर क्षेत्रका आवासीय भवनमा समेत प्रहरीले निगरानी बढाएको छ। सुरक्षाकर्मीले घरघरमा गएर घरमा के कति सदस्य छन् र थप कोही पाहुना आउने हुन् वा होइनन् भन्ने विषयमा जानकारी संकलन गर्न थालेको छ। कोही नयाँ व्यक्ति घरमा आएको खण्डमा प्रहरीमा जानकारी गराउन समेत सुरक्षाकर्मीले आग्रह गर्दै आएका छन्। 

सँगै मोदीको भ्रमणका लागि नगरक्षेत्रमा पनि विशेष सुरक्षा बन्दोबस्त मिलाइएको छ। मुरली चोक, विश्वकर्मा चोक, भ्रमरपुरा चोक, रामानन्द चोकदेखि बारहविघा र जानकी मन्दिरसम्म व्यापक मात्रमा प्रहरी परिचालन गरिएको छ। भारतीय सुरक्षाकर्मी र सुरक्षा एजेन्सीका कर्मचारी जनकपुरमा परिचालित भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.