मोदीको जनकपुर भ्रमणबारे मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन
जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले वैशाख २८ गते १२ विघामा हुने नागरिक अभिनन्दन समारोहमा उपस्थित हुन सबैलाई आग्रह गरे ।
राउतले २८ गते बिहान १० बजे अभिनन्दनस्थलमा पुग्न सबैलाई आग्रह गरेका छन् । कडा सुरक्षा घेरामा हुने नागरिक अभिनन्दनमा प्रवेशका लागि कुनै पास नचाहिने जानकारी समेत मुख्यमन्त्री राउतले गराएका छन् । उनले आम जनसमुदायको तर्फबाटै कार्यक्रमलाई भव्य र सभ्य बनाउन अपिल गरेका छन् ।