गृहमन्त्रीको मदिरा नियन्त्रण अभियानमा युवा र विद्यार्थीको साथ

गृहमन्त्रीको मदिरा नियन्त्रण अभियानमा युवा र विद्यार्थीको साथ

काठमाडौं : गृहमन्त्रालयले सुरु गर्न लागेको ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियानमा युवा र विद्यार्थीले साथ दिने भएका छन् ।

मंगलबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा  नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी आवद्ध विद्यार्थी संगठन र युवा संगठनका प्रतिनिधिसहितको छलफलमा विद्यार्थी र युवा नेताले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

पाँच पार्टी निकट विद्यार्थी संगठन, युवा संगठनका साथै जनजाति विद्यार्थी महासंघ र जनजाति युवा संघका प्रतिनिधिले पनि  छलफलपछि अभियानमा आफू र आफ्नो संगठनको तर्फबाट साथ र सहयोग हुने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा गृहमन्त्री थापाले केहीदिनमै मन्त्रालयले केन्द्रमा काठमाडौँबाट र स्थानीय तहमा देशभरका वडाबाट एकैसाथ ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियान सुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन आग्रह गरे । प्रत्येक वडामा युवा, विद्यार्थी, मजदुर, महिला, नागरिक समाज र सुरक्षाकर्मी सहितको ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ समिति गठनको तयारी रहेको बादलले जानकार िदिए । 

तत्कालै मदिरा निषेध सम्भव नभए पनि निश्चित उमेरका व्यक्तिले निश्चित समय र स्थानमामात्रै मदिराको प्रयोग र विक्रीवितरण गर्न पाउने गरी योजना ल्याईने गृहमन्त्रीको भनाइ छ । छलफलमा गृहसचिव प्रेमकुमार राईले लागुऔषध र मदिराबारे बृहत जनचेतानमुलक कार्यक्रम ल्याइने बताए । कार्यक्रममा गृहमन्त्री थापा, गृहसचिव राईसहित गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदी, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मी लगायतको उपस्थिति  थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.