सेनाले विस्फोट गराएको ढुंगाले लागेर दुईको मृत्यु, एक घाइते

सेनाले विस्फोट गराएको ढुंगाले लागेर दुईको मृत्यु, एक घाइते

डोल्पाः त्रिपुरा सुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभीरमा ब्लाष्टिङ गर्ने क्रममा उछिटिएको ढुङ्गाले लागेर दुईजना कामदारको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार दिउँसो सबा ३ बजे भएको यो घटनामा अर्का एक मजदुर गम्भीर घाइते भएका छन् ।

जाजरकोट–डोल्पा सडकअन्तर्गत खदाङ–त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्ले भीरमा काम गर्दै आएका रुकुमको आठबीसकोट नगरपालिका–१० बस्ने करिब २१ वर्षीय देवबहादुर चन्द र सोही नगरपालिका–१२ बस्ने करिब २९ वर्षीय अमृत रानामगरको सेनाले ब्लाष्टिङ गर्दा उछिट्टिएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताए। 

घटनामा रुकुमकै आठबीसकोट नगरपालिका–९ बस्ने ४१ वर्षीय शक्तिबहादुर शाही गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । दुवैजनाको शव उनीहरुको घरतर्फ पठाइएको बताइएको छ । गम्भीर घाइते शाहीलाई उपचारका लागि रुकुमतर्फ नै लगिएको समेत प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.