उपलब्धिले मनायो आख्यान दिवस, गीता केशरी सम्मानित

उपलब्धिले मनायो आख्यान दिवस, गीता केशरी सम्मानित

काठमाडौं: उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाले छैटौं उपलब्धि आख्यान दिवस मंगलबार   मनाएको छ । २०७० सालदेखि निरन्तर मनाउँदै आइरहेको आख्यान दिवसका अवसरमा उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाले ‘उपलब्धि आख्यान दिवस २०७५’ बाट साहित्यकार गीता केशरीलाई सम्मान गरेको छ । 

संस्थाले विगत छ वर्षदेखि हरेक वैशाख २५ गते आख्यान दिवस मनाउँदै आएपनि पहिलोपटक साहित्यकार केशरीलाई सम्मान गरेको हो । साहित्यकार केशरीका उपन्यास, कथा संग्रहलगायत आख्यान सम्बन्धी दर्जनौं पुस्तक प्रकाशित छन् । केशरीका ‘नयाँ अध्याय’, ‘खुला आकाश’, ‘अन्तिम विन्दु’, ‘खोज’, ‘मुक्ति’ सौगात लगायत दर्जन बढी उपन्यास प्रकाशित छन् । 

कार्यक्रममा बोल्दै पूर्व मन्त्री शंकर कोइरालाले सहकारीले साहित्यको योगदानमा रचनात्मक भूमिका खेल्न सक्ने बताए । नेपालमा उपन्यासले बढी चर्चा पाइरहेको भन्दै उनले उपन्यासलाई गतिशील र जीवन्त बनाउन साहित्यकार पछि हट्नु नहुने बताए । 

उपलब्धिले मात्र नभई राज्यले नै आख्यान दिवस मनाउनुपर्नेमा उनको जोड थियो । ‘उपलब्धि सहकारीले साहित्यिक क्षेत्रमा रचनात्मक योगदान दिएको छ, यसले अझै योगदान बढाउन सकोस्’ उनले भने । आर्थिक कारोबारसँगै साहित्यको योगदानमा भूमिका खेलेकोमा उनले उपलब्धिको प्रशंसा समेत  गरे । 

अहिले बजेट निर्माणको क्रममा रहेकाले सरकारले साहित्यलाई समेत सम्मान दिन सक्नुपर्ने बताए । साहित्यले समाजको यथार्थ चित्रण गर्ने भएकाले सरकारले साहित्य र साहित्यकारको वृत्तिविकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार गीता केशरीले साहित्यले मान्छेको सोचमा पनि परिवर्तन ल्याउने बताइन् ।  सहकारीले साहित्यलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । अध्ययन, मनोरञ्जनका साथै आख्यानले देश विकासको बाटो देखाउन सक्नुपर्नेमा उनले जोड दिइन् ।   

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार एवम् पत्रकार पुरुषोत्तम दाहालले साहित्य र पत्रकारिताको संयोजनबाट समाज बदलिने बताए । ‘साहित्य र पत्रकारिता एकअर्काका अभिन्न अंग हुन्’ उनले भने । 

नेपाल व्यापार संघका महासचिव कृष्णप्रसाद अधिकारीले आख्यान दिवस उपलब्धि सहकारीले मात्रै नभई राज्यलगायत सबैले मनाउन आवश्यक भएको बताए ।  

कार्यक्रममा साहित्यकार जीवन श्रेष्ठ र खेम दाहालले आख्यान सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उपलब्धि संस्थाका अध्यक्ष देवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विपिन शर्माले र स्वागत संस्थाका साहित्य विकास उपसमिति संयोजक रोशन थापाले गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.