मोदीलाई स्वागत गर्न जनकपुरका घरघरमा कलश

मोदीलाई स्वागत गर्न जनकपुरका घरघरमा कलश

जनकपुरः वैशाख २८ गने आउन लागेका भारतीय मुख्यमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि घर अगाडि सफा राख्न प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले जनकपुरबासीलाई निर्देशन दिएका छन् । 

मुख्यमन्त्री राउतले मंगलबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर स्थानीयलाई घर अगाडि सफासँगै पानी भरिएको पूजाको कलश राख्न जनकपुर उपमहानगरबासीसँग अपिल गरेका हुन् ।

मोदीको भ्रमण भव्य बनाउन अपिल गर्र्दै उनले विभिन्न सञ्चारमाध्यमयमा वैशाख २८ गते विहान ७ बजे नै मोदी जनकपुर आउने समाचारको पनि खण्डन गरेका छन् । उनले अभिनन्दन कार्यक्रममा विहान १० बजेभित्र बाह्रविघा मैदान प्रवेश गरिसक्नुपर्ने प्रष्ट पारे ।

राउतले समारोह स्थलमा प्रवेशका लागि उत्तर तर्फको प्रवेशद्वारबाट सहज प्रवेशको व्यवस्था मिलाइएको पनि जानकारी गराए । ‘पास लिनुपर्ने भनेर पनि गलत अपवाह फैलिएको छ’, उनले भने, ‘म प्रष्ट पार्न चाहन्छु, समारोहथल पुग्न सर्वसधारणले पास लिनुपर्दैन ।’ 

अभिनन्दनस्थल बाह्रविघामा पूर्वको गेटबाट भीआईपी, दक्षिण गेटबाट भीभीआईपी र पश्चिम गेटबाट सञ्चारकर्मीलाई प्रवेश गर्न दिनेछ । जानकी मन्दिर, विमानस्थल र बाह्रविघामा सञ्चारकर्मीलाई प्रवेश र सहज समाचारका लागि पास उपलब्ध गराउने÷नगराउनेबारे प्रदेश सरकार अझै अन्यौलमा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.