बजेटमा माअाेवादीकाे असन्तुष्टि

बजेटमा माअाेवादीकाे असन्तुष्टि

काठमाडौं : माओवादी केन्द्रले आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा एमालेले आफूहरूसँगको छलफललाई चासो नदिएको भन्दै असन्तुष्टि जनाएको छ । सरकारमै सहभागी माओवादी मन्त्रीहरूसँग समते पर्याप्त छलफलबिनै सरकारले बजेटको अन्तिम तयारी गरेको भन्दै माओवादीले असन्तुष्टि व्यक्त गरेको हो ।

सोमबार र मंगलबार बसेको माओवादी संसदीय दल बैठकमा सरकारमा सहभागी माओवादी मन्त्रीहरूले बजेटमा छलफलै हुन नसकेको रिपोर्टिङ गरेपछि अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग यस विषयमा छलफल गर्ने भएका छन् । माओवादी मन्त्रीहरूले आफ्नो मन्त्रालयको काम, आगामी कार्ययोजनालगायत विषयमा रिपोर्टिङ गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीले बजेटका विषयमा छलफल आवश्यक नठानी धमाधम बजेटको अन्तिम तयारी गरेको पार्टी नेतृत्वसमक्ष गुनासो गरेका थिए ।

सोमबार मन्त्रीहरू रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, चक्रपाणि खनाल र बिना मगर तथा मंगलबार मातृका यादव र गिरिराजमणि पोखरेलले बैठकमा धारणा व्यक्त गरेका थिए । उनीहरूले उठाएका पार्टी एकता, बजेट निर्माणलगायत विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग कुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसअघि पनि माओवादी मन्त्रीहरूले सचिवको सरुवालगायत विषयमा प्रधानमन्त्रीले छलफल नगरेकोमा गुनासो गरेका थिए । दाहालले आगामी बजेट विगतका वर्षमा जस्तो नभई यसवर्ष ‘राष्ट्रिय संकट’का रूपमा आउन लागेकाले त्यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको बैठकमा सहभागी माओवादी सांसद टेकबहादुर बस्नेतले जानकारी दिए ।

ओलीजीले ट्विटरमा जुन कुरा पोस्ट गर्नुभयो, यसले मलाई गम्भीर बनाएको छ । यसबारे उहाँसँग छलफल गर्छु ।पुष्पकमल दाहाल अध्यक्ष, माओवादी केन्द्र

दाहालले बजेटका विषयमा प्रधानमन्त्रीसँग तत्कालै कुरा गर्ने पनि बताएका छन् । बैठकमा माओवादीका तर्फबाट राष्ट्रिय योजना आयोगमा प्रतिनिधित्व गर्ने दुई सदस्य दिलकुमार गुरुङ र रामकुमार फुयाँल पनि सहभागी थिए । चुनावी घोषणापत्रमा उल्लिखित कार्ययोजनालाई प्राथमिकतामा पारी बजेट विनियोजन गर्न भूमिका खेल्नुपर्नेमा दाहालको जोड छ ।

०००

‘प्रधानमन्त्रीको ट्विटबारे पनि बुझ्छु’

बैठकमा प्रधानमन्त्री ओलीले सोमबार ट्विटरमा पोस्ट गरेको टिप्पणीले पनि चर्चा पाएको छ । माओवादी सांसद तथा मन्त्रीहरूले समेत प्रधानमन्त्रीले सामाजिक सञ्जालमा ‘आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेका’ भनी कसलाई लक्ष्य गर्न खोजेको भनी प्रश्न उठाएपछि दाहालले यस विषयमा आफू पनि गम्भीर भएको प्रतिक्रिया दिएका छन् ।

‘ओलीजीले सामाजिक सञ्जालमा जुन कुरा पोस्ट गर्नुभयो, यसले मलाई गम्भीर बनाएको छ’, दाहालले भने । उक्त ट्विट कसलाई लक्ष्य गरिएको हो र किन यस्तो टिप्पणी आयो भन्नेबारे प्रधानमन्त्रीसँग छलफल गर्ने उनको भनाइ छ ।

‘हामी विकास र समृद्धिका एजेन्डामा हिँडिरहेका छौं । आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् । र, त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकि सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभैमसत्ता जनतामा थियो र छ’, ओलीले ट्विटरमा लेखका छन् ।

०००

नेतालाई जिम्मेवारी बाँडफाँट

माओवादी केन्द्रले राष्ट्रिय सभा दल नेतामा दीनानाथ शर्मालाई सर्वसम्मत चयन गरेको छ । मंगलबार बिहान दुवै सदनका सांसदको संयुक्त दल बैठकले शर्मालाई सर्वसम्मत रूपमा दल नेतामा चयन गरेको हो । यसअघि प्रतिनिधिसभा दल नेतामा अध्यक्ष दाहाल र प्रमुख सचेतकमा देव गुरुङलाई जिम्मेवारी दिइएको थियो ।

बैठकले प्रदेशस्तरका सांसदको काम, बैठक र विकाससँग सम्बन्धित विषयको समन्वय गर्ने गरी सातै प्रदेशमा संयोजन समिति बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि संयोजनकारी भूमिका निर्वाह गर्न नेताहरूको जिम्मेवारी पनि तय गरेको छ । यसअनुसार प्रदेश १ मा राम कार्की, २ मा प्रभु शाह, ३ मा पम्फा भुसाल, ४ मा देव गुरुङ, ५ मा टोपबहादुर रायमाझी, ६ मा जर्नादन शर्मा र ७ मा लेखराज भट्टले समन्वयनको जिम्मा पाएको पार्टी प्रवक्ता तथा सासदसमेत रहेकी भुसालले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.