भूतको डरले स्वास्थ्यचाैकी जान छाडे महिला

भूतको डरले स्वास्थ्यचाैकी जान छाडे महिला

जुम्ला : जुम्लाका अधिकांश गर्भवती महिला भूतको डरले स्वास्थ्यचौकी जान छोडेका छन्। जिल्लाको गुठीचौर गाउँपालिका वडा नं ३, ४ र ५ का गर्भवती तथा सुत्केरी महिलाहरू भूतको डरले गज्र्याङकोट स्वास्थ्यचौकी जान छोडेका हुन्। परम्परागत सोच र धारणाका कारण गज्र्याङकोट स्वास्थ्यचौकी आसपास भूत रहेको भन्दै गर्भवती तथा सुत्केरी महिला उक्त स्वास्थ्यचौकीमा गर्भ चेकजाँच तथा सुत्केरी हुन जाने क्रम घटेको हो।

त्यस स्वास्थ्यचौकीमा गर्भवती भएको तीन महिनापछि र सुत्केरी भएको ६ महिनासम्म भूतको डरले उपचारका लागि जान नहुने स्थानीय महिलामा बुझाइमा छ। यदि गर्भवती वा सुत्केरीको त्यस अवधिमा त्यस स्वास्थ्यचौकी गए भूतले गर्भको बच्चा तथा शिशुलाई खाएर मारिदिने उनीहरू बताउँछन्। हाल वडा नं ३, ४ र ५ का गर्भवती तथा सुत्केरी महिला प्रसूति सेवा लिन गज्र्याङकोट स्वास्थ्य चौकीबाट सबैभन्दा नजिकको देपालगाउँ स्वास्थ्यचौकी तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खलंगा बजारमा धाइरहेका छन्।

‘गाउँका गर्भवती दिदीबहिनीलाई प्रसूति सेवा लिन स्वास्थ्यचौकी जानुपर्छ भन्ने थाहा छ, तर भूतको डरले जाँदैनन्’, वडा नं ३ कि महिला स्वास्थ्य स्वयंसेविका पद्मा गिरीले भनिन्, ‘पैसा हुनेहरू प्रसूति सेवा लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धाँउछन्, पैसा नहुने घरमै सुत्केरी गराँउछन्। स्वयंसेविकाले जति सम्झाए पनि उनीहरूमा भूतको डर हटेको छैन।’

एक सुत्केरी महिला राममाया प्याकुरेलले भनिन्, ‘घरपरिवारदेखि गाउँसमाजले गर्भवती समयमा गज्र्याङकोट स्वास्थ्य चौकी गए भूतले खान्छ भनेपछि मैले नियमित गर्भजाँच पनि गरिनँ, घरमै सुत्केरी भएपछि खासै समस्या त भएन, यदि समस्या भइदिएको भए ज्यान नै जोखिममा हुने थियो।’

स्थानीय ६२ वर्षीय वृद्ध झिल्केप्रसाद न्यौपानेका अनुसार भूत बस्ने स्थानमा स्वास्थ्यचौकी निर्माण गरिएकाले गर्भवती महिला त्यहाँ जान डराएका हुन्। उनले भने, ‘हामी सानै छँदा हाम्रा पुर्खाले त्यहाँ भूत छ भन्थे, अहिलेसम्म त्यो सोचाइ मात्र नहटेको हो, आखिरमा भूत छैन।’ हरेक वर्ष कार्तिक पूर्णिमाका दिन त्यहाँका महिलाले उक्त भूतलाई बाबा बनाउने गरेका स्वयंसेविका नवकन्या न्यौपानेले बताइन्। उनका अनुसार भूतलाई बाबा बनाउँदा कुखुरा र अन्नपात नास्ता चढाउनुपर्ने चलन छ।

डरले स्वास्थ्यचौकी नआउने गर्भवती महिलालाई मध्यनजर गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

भूतको डरले स्वास्थ्यचौकीमा प्रसूति सेवा लिन नआउने गर्भवती महिलालाई मध्यनजर गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने स्वास्थ्यचौकी इन्चार्ज सुष्मा शाहले बताइन्। ‘यो गम्भीर प्रकारको मानसिक समस्या हो। गर्भवती महिलामा यस्तो मानसिक समस्याकै कारण उनले सोचेअनुसार गर्भको बच्चा हुर्कन तथा जन्मिन समस्या छ’, उनले भनिन्, ‘हामीले धेरै सम्झाउने प्रयास गर्‍र्यौं, गाउँसमाजको संस्कारले मान्दैन, अब गाउँपालिकासँगको समन्वयमा घरदैलो अभियान गर्छौं।’ स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा दिने व्यवस्था भए पनि गर्भवती नआउँदा स्वास्थ्यचौकीलाई समेत अप्ठ्यारो परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.