ओली-दाहालबीच बालुवाटारमा दुई घण्टा वार्ता

ओली-दाहालबीच बालुवाटारमा दुई घण्टा वार्ता

काठमाडौँः दुई वाम पार्टीको एकता प्रक्रिया लम्बिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा दुई घण्टा वार्ता भएको छ । 

बिहान साढे १० बजे पछाडि बालुवाटार छिरेका प्रचण्ड र ओलीबीच २ घण्टासम्म एक्ला–एक्लै वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यसअघि गत वैशाख २० गते ओली–प्रचण्डबीच दुई पटक वार्ता भएको थियो । गत वैशाख १४ गते दुई नेताबीच भएको वार्तामा एकताको अन्तिम टुंगो लागेको बताउँदै बुद्ध पूर्णिमा पछि (वैशाख २३ गते) एकताको मिति घोषणा गरिने बताइएको थियो । 

तर, अझै पनि एकताको मिति तय नभएको अवस्थाम दुई नेताबीच बुधबार बिहान एक्ला एक्लै वार्ता भएको हो । ‘एकताकै विषयमा वार्ता भएको बुझिएको छ’, प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘तर दुई नेताबीच भएको वार्ताको विस्तृत विवण आएको छैन ।’

एकताप्रक्रिया अन्योलमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले सोमबार आफ्नो निजी ट्वीटर ह्यान्डलबाट फेरिँदो राजनीतिक समीकरणबारे कडा टिप्पणी गरेका थिए । 

ओलीको त्यो टिप्पणी कसैलाई नभई राजनीतिक अस्थिरतातर्फ केन्द्रित रहेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताएका थिए ।

प्रमको निजी ह्यान्डलबाट गरिएको उक्त ट्वीटले राजनीतिक तरंग नै ल्याएको थियो । ओलीको उक्त ट्वीटबारे माओवादी अध्यक्ष प्रचण्डले पनि असन्तुष्टि जनाउँदै त्यसबारेमा पनि कुरा गर्ने बताएका थिए । 

एमाले–माओवादी एकता वैशाख ९ गते नै हुने भनिएको थियो । एकता संयोजन समिति र दुई कार्यदलले पनि बैचारिक र नीतिगत कुरामा कुनै समस्या नरहेको प्रतिवेदन दिइसकेका छन् । 

तर, ओली–प्रचण्ड दुवै नेता व्यवस्थापनका कारण तनावमा छन् । प्रचण्डलाई सबैभन्दा अफ्ठेरो एमालेसँग मिलेपछि बन्ने नयाँ पार्टीमा आफ्ना नेता व्यवस्थापनले पारेको छ । 

पढ्नुस्: समिकरणबारे प्रधानमन्त्रीको ट्वीटले तरङ्ग, कसमाथि यो प्रहार ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.