चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले प्रचण्डलाई भेट्यो

चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले प्रचण्डलाई भेट्यो

काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टी बेइजिङका सेक्रेटरी लिजियाङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग बुधवार बिहान खुलटारमा भेट गर्दै अध्यक्षले यस्तो बताएका छन् ।

'हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि ‘कनेक्टिभिटी’ नै मुख्य हो', उनले भने, 'सडकको ‘कनेक्टिभिटी’, रेलको ‘कनेक्टिभिटी’ र संचारको ‘कनेक्टिभिटी’ बाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’

दाहालले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाएका थिए । 'हाम्रो आर्थिक विकासको अभियानमा तपाई चिनियाँ लागनीकर्ताहरुलाई हार्दिक स्वागत छ', उनले भने । 

दाहालले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटीबारे छलफल भएको स्मरण गरे । 'म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही बिषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु', दाहालले भने । 

त्यसैगरी चिनियाँ प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई नेपालको व्यवहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरेको थियो । उनीहरुले चिनियाँ जनताको आकर्षक गन्तव्य नेपाल भएकोले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए ।

दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने प्रतिनिधि मण्डलको नेतृत्व गरेर आएका सेक्रेटरी लिजियाङले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.