मोदीका लागि धमाधम कालोपत्रे र सरसफाइ
जनकपुर: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते आउने भएपछि जनकपुर नगर क्षेत्रमा धमाधम निर्माणको काम भइरहेको छ ।
मोदीको स्वागतका लागि जनकपुरको जानकी मन्दिर अगाडि कालोपत्रे गरिँदैछ । शुक्रबार हुने दर्शन कार्यक्रमलाई लक्षित गरी जानकी मन्दिर अगाडि द्रुतगतिमा कालोपत्रे गरिएको हो ।
त्यसैगरी मोदी आउने भएपछि मुस्ताङको मुक्तिनाथ परिसर क्षेत्रमा पनि धमाधम सरसफाइ गरिएको । त्यहाँ स्थानीयबासी र सुरक्षाकर्मी मिलेर सफाइ अभियान चलाएका हुन् । मोदी जनकपुरपछि वैशाख २८ मा मुक्तिनाथ पुग्दैछन् ।