मोदी भ्रमण : जनकपुरमा दुई घण्टा, तीन कार्यक्रम

मोदी भ्रमण : जनकपुरमा दुई घण्टा, तीन कार्यक्रम

नरेन्द्र साउद/अली असगर देवान 

 काठमाडौं /जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जनकपुरमा दुई घण्टा बिताउने छन् । निकै व्यस्त भ्रमण तालिकासहित प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट सुरु हुने दुईदिने भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजापाठ, रामायण सर्किटको उद्घाटन र जनकपुर–अयोध्या बस सेवा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्ने तय भएको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयका महावाणिज्यदूत बीसी प्रधानले जानकारी दिए ।

जानकी मन्दिरका महन्थका उत्तराधिकारी (छोटे महन्थ) रामरोशनदास वैष्णवले दिएको जानकारीअनुसार, प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदी दुवै जनाले पूजा गर्नसक्ने गरी मन्दिरले तयारी गरेको छ । तर मन्दिरमा मोदीलाई स्वागत गर्ने प्रधानमन्त्री ओलीले मोदीसँगै पूजा गर्ने वा नगर्ने एकीन जानकारी मन्दिरलाई छैन । मन्दिरका छोटे महन्थ वैष्णवले करिब आधा घन्टा मोदीले पूजा गर्ने अनुमान गर्दै भने, ‘आधा घण्टाको पूजापछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले रामायण सर्किटको संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेछ ।’ त्यसलगत्तै जनकपुर–अयोध्या बस सेवाको पनि दुई देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।

जनकपुरका तीन वटै कार्यक्रम सकेपछि भारतीय प्रधानमन्त्री मोदी सीधै काठमाडौं जाने कार्यतालिका रहेको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नै एटीआर विमानबाट जनकपुर अवतरण गर्ने जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यक्रम सकेलगत्तै उनी आफ्नै एटीआर विमानबाट काठमाडौं जाने भारतीय महावाणिज्य दूतावास कार्यालयका महावाणिज्यदूत बीसी प्रधानले जानकारी दिए ।

मोदीलाई टुँडिखेलमा सम्मान गारथ

सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गरिने जानकारी दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीको भ्रमणबारे बुधबार संसद्लाई जानकारी गराउँदै मोदीलाई टुँडिखेलमा सम्मान गारथ जनाइने जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री ओलीसँग विविध विषयमा छलफल गर्ने जानकारी पनि उनले दिए ।

मन्त्री ज्ञवालीले मोदी भ्रमणका क्रममा जनकपुर अयोध्या सिधा बससेवा र रामायण सर्किटबारे सम्झौता हुने जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीले अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त शिलान्यास गर्ने, मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने कार्यतालिका रहेको उनले बताए । त्यसअघि संसद्मा विशेष समय लिएर बोल्ने सांसदहरूले मोदीको भ्रमणबारे सरकारले सदनलाई जानकारी गराउन माग गरेका थिए ।

नेमकिपाका प्रेम सुवालले भारतीय प्रधानमन्त्री सिधै काठमाडौं नआई जनकपुर आउनु अमिल्दो भएको बताए । ‘कुनै पनि देशको प्रधानमन्त्री आउँदा पहिला काठमाडौं आउनुपर्ने हो’, उनले भने । पहिलोपटक ०७१ साउन १८ गते नेपाल आएका मोदीले संसद्मा सम्बोधनका क्रममा १ खर्ब ऋण दिने र भूकम्पपछि पुनर्निर्माणमा अर्को १ खर्ब दिने भनी प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले भने, ‘तर घोषणा भएअनुसार एक रुपैयाँ पनि आएन भन्ने छ । सरकारले संसद्लाई जानकारी गराओस् ।’

एमाले सांसद नरबहादुर धामीले कञ्चनपुरको सीमा क्षेत्रका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले आतंक सिर्जना गरेको भन्दै नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीसँग त्यसबारे छलफल गर्न सरकारको ध्यानाकर्षण गराए । कांग्रेसका देवेन्द्रराज कँडेलले भारतीय प्रधानमन्त्रीसँग गण्डक बाँधबाट भइरहेको डुबान समस्याबारे छलफल गर्न सरकारसँग माग गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.