'भ्रमणले समस्या सुल्झाओस्'

'भ्रमणले समस्या सुल्झाओस्'

काठमाडौं : प्रदेश २ बाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण राजनीतिक परिवर्तनको बाधक नभएर साधक हुने बताएका छन् । उनीहरूले २००७ सालदेखि ०६२/०६३ सम्म भएका राजनीतिक परिवर्तनमा कुनै न कुनै रूपमा भारत बाधक रहँदै आए तापनि भारतीय प्रधानमन्त्रीको अहिलेको भ्रमण साधक हुने दाबी गरे । १९५० को सम्झौतादेखि समस्यामा परेको दुई देशको सम्बन्ध भारतीय प्रधानमन्त्री मोदीको जनकपुर, काठमाडौं र मुस्ताङको धार्मिक एवं सांस्कृतिक भ्रमणबाट सद्भावपूर्ण हुने दाबी उनीहरूको छ ।

माओवादी केन्द्रका सांसद सुरेशचन्द्र दासले विसं. २००७, २०१५, २०४६, २०६२/०६३ र संविधान जारी हुँदासम्मको परिस्थितिमा देखिएका आरोह–अवरोहको साधक ४ वर्षमा हुन गइरहेको मोदीको दोस्रो नेपाल भ्रमण हुने बताए । सात दशकमा नेपालमा भएका राजनीतिक परिवर्तनको बाधक भारत भएकाले मोदीको यो भ्रमणले निकास दिने र यसमा नेपालको भूमिका पनि अपरिहार्य रहेको उनले बताए । उनले भने, ‘एक सार्वभौम राष्ट्रको भावना बुझ्दै भारतले नेपालसँगको सम्बन्धलाई स्वतन्त्र छिमेकी राष्ट्रको हैसियतमा लिने हो, आफ्नो शासनका रूपमा होइन’, उनले जोड दिए, ‘नेपालसँगको सम्बन्धलाई राष्ट्रसंघको स्थायी सदस्य बन्ने आकांक्षालाई ध्यान दिँदै भारत अघि बढ्नु उपयुक्त हुनेछ । छिमेकीका नाममा भारतले नेपालको शासक बन्नु भएन, जुन सात दशकसम्म गरियो ।’

कांग्रेस सांसद स्मृतिनारायण चौधरीले दुई देशबीचका सहमति, सम्झौता, समझदारी र दुई राष्ट्र प्रमुख एवं सरकार प्रमुखको भ्रमणताका हुने घोषणा कार्यान्वयनमा दुवै सरकार लाग्नु हितकारी हुने बताए । उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण समस्या नभएर समाधानको ढोका खोल्नेतर्फ अग्रसर हुनुपर्छ ।’ मधेसका दर्जनौं समस्या भए पनि समाधानको पहल गर्ने पहिलो र अन्तिम निकाय सरकार हो भन्दै उनले भारतसँग यस्ता समस्या राख्नुको कुनै अर्थ नहुने उनले बताए ।

राजपा सांसद लक्ष्मणलाल कर्णले दुई देशबीच खुला सिमाना र रोटी–बेटीको सम्बन्ध गहिरिएर हेर्ने हो भने दुई देशका समस्यामा भ्रमणले निकास सिर्जना गर्ने बताए । उनले भने, ‘मधेसमा हुने बाढी र बाँंधबाट हुने डुबान, खुला सिमाबाट हुने दर्जनौं समस्याको निकास भारत र नेपाल दुवैको सहमति र समझदारीमा हुनुपर्छ । प्रधानमन्त्री ओलीबाट यो कामको अपेक्षा मधेसले गरेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.