मोदीकोे नागरिक अभिनन्दनमा कांग्रेसको प्रश्न

मोदीकोे नागरिक अभिनन्दनमा कांग्रेसको प्रश्न

काठमाडौं  : शुक्रबारदेखि नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडाैंमा गरिने नागरिक अभिन्दनप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्विटरमार्फत नेपाल भ्रमणमा आउन लागेको मोदी भ्रमणलाई सत्ता पक्षले विवादमा तान्न खोजेको समेत आरोप लगाएका छन्। 

मोदि भ्रमण र ६ प्रश्न… !


१,भ्रमण देशको कि प्रदेशको ?
२,भिन्न दुई भूगोलमा अभिनन्दन कति रास्ट्रीय ?
३,जनकपुरले देशको प्रतिनिधित्व गर्न मिल्दैन ?
४,भारतीय सैनिक उपस्थिति अतिक्रमण कि अविश्वास ?
५,नाकाबन्दीको भुल बोध गरिंदै कि भुल्दै ?
६,हाम्रा प्रमको रास्ट्रवाद कुन मन्चमा सुकुला ?

— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 9, 2018

‘जनकपुरमा गरिने अभिनन्दन के नेपाल र नेपालीको अभिनन्दन होइन ?' शर्माले अन्नपूर्णसँग भने, 'मैलै समाजिक सन्जाल मार्फत व्यक्त गरेको विचार कांग्रेस प्रवक्ताको विचार हो।’ शर्माले ट्विटरमा एउटै देशको दुई ओटा भूगोलमा गरिने अभिनन्दन कति राष्ट्रिय हुने भन्नेमा समेत प्रश्न गरेका छन्। 

यो भ्रमण देशको हो कि प्रदेशको?’ उनले भने। प्रवक्ता शर्माले प्रदेश २ का जनताले गर्ने भारतीय प्रधानमन्त्रीको अभिनन्दन पनि नेपाली नागरिकद्वारा नै गरिएको भन्दै प्रधानमन्त्रीले दाहोरो मापदण्ड लिएको समेत आरोप लगाए। उनले अन्नपूर्णसँग कुरा गर्दै भने, 'जनकपुरमा अभिनन्दन गरेपछि के काठमाडौंले पनि गर्नै पर्छ र ?  जनकपुरप्रति के काठमाडौंको प्रतिशोध हो ?’

शर्माले देशका सबै नागरिकको राष्ट्रियतालाई एकैनासले हेर्न समेत प्रधानमन्त्री तथा सत्तापक्षलाई आग्रह गरे। उनले भने, 'भारतीय प्रधानमन्त्री मोदी नेपाल सरकारको प्रधानमन्त्रीको निमन्त्रणमा आइरहनुभएको छ, देशको जुनसुकै भूभागमा भ्रमण र कार्यक्रम भए पनि त्यो देशकै भ्रमण हो।’

उनले प्रदेश सरकारहरू पनि नेपाल सरकारकै अंग भएको भन्दै जनकपुरमा मोदीलाई अभिनन्दन गरिएपछि काठमाडौंमा गरिनुको तुक नभएको जिकिर गरे। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरूसँग भारतीय प्रधानमन्त्रीको भ्रमणबारेमा मंगलबार छलफल गरेका थिए। उक्त छलफलमा नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले पूर्वप्रधानमन्त्रीको हैसियतमा आफनो भनाई राखेका थिए। 

बुधबार मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री शुक्रबारदेखि दुई दिने नेपाल भ्रमणमा आउन लागेको जानकारी संसदलाई गराएका थिए। मन्त्री ज्ञवालीले मोदीलाई जनकपुर र काठमाडौंमा अभिनन्दन गरिने समेत संसदमा बताए।

मोदीको जनकपुरसहित काठमाडौं र मुक्तिनाथ भ्रमणको कार्यतालिका सार्वजनिक भएसँगै दुई वर्ष अगाडि भारतले नेपालमा लगाएको नाकाबन्दीको समेत चर्चा हुन थालेको छ। संविधान जारी भएसँगै भएको नाकाबन्दीलाई मोदीको भ्रमणसँग जोडेर कतिपय पक्षले नागरिक अभिनन्दनप्रति रोष प्रकट गरेका छन्। कांग्रेस प्रवक्ता शर्माले समेत समाजिक सन्जालमा उक्त कुरालाई उठाएका छन् । 

जनकपुर पुगेर कांग्रेसका नवनियुक्त उपसभापति विमलेन्द्र निधिले मोदीको भ्रमणबारेमा टिप्पणी गरेका थिए। उपसभापति निधिले मोदीको भ्रमणलाई सफल पार्न सबै पक्षलाई आग्रह गरेका थिए। उनले मोदीको जनकपुरमा हुने कार्यक्रमबारे आफूलाई जानकारी नगराइएको गुनासो गरे।

तीन वर्ष अघि सार्क सम्मेलनको अवसरमा मोदी जनकपुर आउने कार्यक्रम घोषणा हुँदा तत्कालीन मन्त्री निधि उनको जनकपुर भ्रमण तयारीको संयोजक थिए। तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारको मन्त्रीको हैसियतमा उनले उक्त जिम्मेवारी पाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.