मोदीको स्वागतमा माैसम चुनाैती

मोदीको स्वागतमा माैसम चुनाैती

जनकपुरधाम ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रथम राजकीय भ्रमणको स्वागत तयारी मौसम फेरबदलको कारण चुनौतीपूर्ण बनेको छ ।

भ्रमणका लागि दुई दिन मात्र बाँकी रह्दा एकातर्फ तयारीहरु सक्न प्रदेश सरकार र स्थानीय निकायलाई हम्मेहम्मे परेको छ भने अर्को तर्फ भएका तयारीहरुपनि हावाहुरी र वर्षाले क्षतिपुर्याएको छ ।

बुधबार विहानै आएको भिषण हावाहुरीले नगरक्षेत्रमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि बनाईएका अधिकांश स्वागतद्धारहरु भत्काएका छन् भने नागरिक अभिनन्दनस्थल बारहबिग्घा मैदानलाई पनि प्रभावित गरेको छ । हावाहुरीसंगै आएको वर्षाका कारण बारहबिग्घा मैदानमा पानी लागेको थियो । बाटोहरुमा समेत पानी जम्दा सरसफाई तथा व्यवस्थापनका कार्यहरुमा समस्या हुन गएको हो । बारहबिग्घा मैदानमा जमेको पानीलाई हटाउनका लागि दमकलको प्रयोग गरिएको हो । अभिनन्दन समारोहका लागि विहीबारसम्म मन्च निर्माण गरिसक्नु पर्ने भएपनि वर्षा र हावाहुरीले गर्दा केही प्राविधिक कठिनाई हुन पुगेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव कोशलकिशोर झा बताउँछन् । प्रकृति फेरबदलको अनुमान कसैले पनि गर्न नसक्ने हुनाले जे जस्तो समस्या आएपनि हामी समयमै काम सकाउन प्रयत्नरत छौं झाले बताए ।

यता, हावाहुरीले जानकी मन्दिरदेखि रामानन्द चोकसम्म लगाईएका आठवटा स्वागतद्धारहरुलाई पूर्ण रुपमा ढालेको छ । मंगलबार देखि जनकपुर उपमहानगरपालिका र प्रदेश सरकारको तर्फबाट भारतीय प्रधानमन्त्रीले पूजाअर्चना गर्ने जानकी मन्दिर सहित अभिनन्दन स्थल र नगरक्षेत्रका विभिन्न स्थानमा स्वागतद्धार निर्माणको कार्य सुरु गरिएको थियो । एक त थोरै समयमा धेरै तयारी गर्नुपर्ने र माथीबाट मौसमले साथ नदिंदा अवश्यक पनि केही अप्ठ्यारो हुन गएको जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रिता झा बताउँछिन् । एक पटक भईसकेको काममा पुनः मेहनत गर्नुपर्ने र समय खर्चिनुपर्ने बाध्यता भएको छ तर, मौसमको चुनौतीलाई सामाना गर्दै स्वागत तथा अभिनन्दन तयारीलाई अझ बढि तदारुकताका साथ अगाडी बढाईएको झाको भनाई छ ।

भारतीय प्रधानमन्त्रीको स्वागतका लागि उपमहानगरपालिकाको तर्फबाट ३० वटा, प्रदेश सरकारको तर्फबाट २२ वटा र अन्य विभिन्न संघसंस्थाहरुको तर्फबाट गरि सय भन्दा बढि स्वागतद्धारहरु नगरक्षेत्रभित्र निर्माण गरिने तयारी थालिएको छ ।

यता, एकातर्फ भारतीय प्रधानमन्त्रीको आमगनका लागि दिनरात एकपारेर सौन्दर्यीकरण र व्यवस्थापनको कार्यहरुमा जनकपुर उपमहानगरपालिका र प्रदेश सरकार लागि परेको छ भने त्यहिं अर्को तर्फ नगरक्षेत्रमा सडक विस्तारका कार्यहरु अधुरै छाडिदां मुख्य सडकहरुमा पानी जमेर सर्वसाधारणलाई आवतजावत गर्न समेत कठिनाई भएको छ । भारतीय प्रधानमन्त्री आउने दिन उनको सवारीहुने सडकहरुमा जमेको वर्षाको पानी निकाल्न, सडक मर्मत गरि पिच गर्न सबै शक्ति लगाईएका छन् त्यहिं अर्को तर्फ रामचोक देखि मुरली चोकसम्म, महाविर चोकदेखि जिरोमाईल सम्म लगायत मुख्य सडकहरुमा सडक निर्माणको काम अघि नबढ्दा पानीको निकास नभई सडकमा पानी लागेर सर्वसाधारणलाई आवतजावत गर्न समेत कठिनाई भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.