कायममुकायमकै भरमा जिल्ला अस्पताल

कायममुकायमकै भरमा जिल्ला अस्पताल

मुसीकोट :  जिल्लाको एक मात्र ठूलो अस्पताल मानिएको रुकुम जिल्ला अस्पताल सल्लेमा स्थापनाकालदेखि धेरै प्रमुख आए पनि बीचमा एक जनाबाहेक अहिलेसम्म कहिले निमित्त त कहिले कायममुकायम प्रमुखबाट चल्दै आएको छ ।

रुकुम पश्चिमको सदरमकुाम मुसीकोटमा रहेको यस अस्पतालमा अहिलेसम्म जम्मा २५ जना प्रमुख भएर काम सम्हालेको अस्पतालको रेकर्डमा भेटिन्छ । यसमध्ये १७ जना एमबीबीएस डाक्टर नै छन् भने बाँकी आठ जना निमित्त रहेर काम गरेको पाइन्छ । नेपाल सरकारको दरबन्दीअनुसार यस जिल्ला अस्पतालमा नवौं तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी भए पनि ०७३ मंसिरदेखि ०७४ भदौसम्म मात्र १० महिनाका लागि डा. राजेन्द्र जिसी नवौं तहको मेडिकल सुपरिन्टेन्डेन्ट भएर कार्यरत थिए । यसबाहेक अन्य समयमा भने यो अस्पताल सधँै कायममुकायम वा निमित्तकै भरमा चल्दै आएको जिल्ला अस्पताल रुकुमका प्रमुख डा. सविन पोखरेलले बताए ।

दुर्गमको अस्पतालमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन धेरैले विभिन्न आश्वासन दिए पनि वर्षौंदेखि अस्पताल भने एउटै गतिमा चल्दै आएको छ । सुरुमा १५ शड्ढयाका रूपमा विकास भएको यस अस्पताल अहिले पनि जसोतसो चलेको छ । यस अस्पताललाई १५ शड्ढयाबाट ५० शड्ढयामा विकास गर्ने भनेर यसअघि शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा मन्त्रालय र मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको भए पनि कुनै काम भने अगाडि नबढेको प्रमुख डा. पोखरेलले बताए ।

सधैँ निमित्त वा कायममुकायमका भरमा अस्पताल चल्दा अनुभवी, पाका र विशेषज्ञ डाक्टरको उपस्थिति यस अस्पतालमा हुन पाएको छैन । यहाँका बिरामीले विशेषज्ञ सेवा लिन जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । कहिलेकाहीँ भने उपचार अभावमा बिरामीको मृत्युसमेत हुने गरेको सरोकारवालाले बताउँदै आएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.