३३ किलो सुन प्रकरण: राप्रपा नेता भुजुङ गुरुङका ड्राइभर लक्षु पक्राउ

३३ किलो सुन प्रकरण: राप्रपा नेता भुजुङ गुरुङका ड्राइभर लक्षु पक्राउ

काठमाडौँ: त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो अवैध सुन तस्करी प्रकरणमा मुछिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

३३ किलो सुनकाण्ड र भरियाका रुपमा प्रयोग गरिएका सनम शाक्य हत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङका ड्राइभर फुल्डुङ गुरुङ भन्ने लक्षु गुरुङलाई विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

लक्षुमाथि सुन लुटपाटमा संलग्न रहेको आरोप लागेको छ । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यालाई लिएर गृहमन्त्रालयले गठन गरेको छानबिन टोलीको अनुसन्धानका आधारमा २९ जना पक्राउ परिसकेका छन् । 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सं‌गठित अपराध, कर्तब्य ज्यानसहितका विभिन्न अभियोगमा जिल्ला अदालत मोरङमा मुद्दा चलाइसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.