जिल्ला प्रशासन डोल्पामा टोकन प्रणाली सुरु
दुनै,डोल्पा : जिल्ला प्रशासन कार्यालय डोल्पामा पहिलो पटक टोकन प्रणालीबाट सेवा सुरु गरेको छ।जिल्ला प्रशासन कार्यालय डोल्पाले नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउन नागरिक सहायता कक्षको स्थापना गरी टोकन सेवा सुरु गरेको हो।
सेवा लिन आउने नागरिकले अब नागरिक सहायता कक्षबाट सबै जानकारी पाउने र टोकन लिएपछि नागरिक सहायता कक्षकै कर्मचारीले सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। उनले भने,' नागरिकले जिल्ला प्रशासनमा आएर अलमलमा पर्नुपर्ने अवस्था रहने छैन र सेवाग्राहीलाई सम्बन्धीत फाटमा पठाएर सेवा प्रदान गरिने छ।'
दुईजनालाई टोकन सेवाबाट नागरिकता प्रदान गरी सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।उनका अनुसार छार्काताङसोङ गाउँपालिकाका रेन्जेन छोवेल गुरुङ र डिलबहादुर केसीलाई टोकन प्रणलीबाट नागरिक्ता प्रदान गरिएको जानकारी दिए।
जिल्ला प्रशासनको पहिलो ढोकामै स्थापना गरिएको नागरिक सहायता कक्षमा पिउने पानीको व्यवस्था गरिएको छ। नागरिकको सेवामा कुनै पनि कमी हुन नदिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।उनले भने,' हामीले दिने सेवामा कुनै कमी हुने छैन,सबै निकायका मर्मचारीलाई समेत निर्देशन दिइसके।' पहिलो पटक नागरिक सहायता कक्षबाट सेवा पाएपछि सेवाग्राही भने खुसी देखिएका छन्।