तिवारी हत्या प्रकरणमा जन्मकैदको फैसला सुनाइएका मेयर पक्राउ

तिवारी हत्या प्रकरणमा जन्मकैदको फैसला सुनाइएका मेयर पक्राउ

काठमाडौं :  हिन्दू युवा महासंघका अध्यक्ष काशीनाथ तिवारीको हत्याको आरोपमा जन्मकैद सजाय सुनाइएका रौतहट कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाह पक्राउ परेका छन् । बिहीबार राजधानीको शान्तिनगरबाट मेयर कुश्वाह पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुष्कर कार्कीले जानकारी दिए । 

तिवारीको हत्या अभियोगमा उच्च अदालतको अस्थायी इजलास वीरगन्जले गत फागुन २८ गते सियारामलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। यसअघि तिवारीको हत्या अभियोगमा चार वर्ष पहिले नै पक्राउ परेका सियारामलाई पर्सा जिल्ला अदालतले तिवारीको हत्या अभियोगमा सफाई दिएपछि उनी रिहा भएका थिए। तर, चार वर्ष पहिलेको जिल्ला अदालतको उक्त फैसालालाई उल्टयाउँदै गत फागुन २८ गते उच्च अदालतको अस्थायी इजलास वीरगन्जले सियारामलाई जन्मकैदको फैसाला सुनाएको थियो।  

उच्च अदालतको वीरगन्ज इजलासका न्यायधिशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलाशले फागुन २८ गते नै सियरामलाई जन्मकैदको फैसला सुनाएको भएपनि अदालतले फैसला भएको झण्डै दुई महिनापछि मात्र गत मङगलबार सियरामलाई पक्राउ गरी बुझाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्रचार गरेको थियो। उच्च अदालतको अस्थायी इजलाशले जन्म कैदको फैसला गरेपछि सियारामले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। 

 
अदालतले गत मङगलबार पक्राउ पुर्जी जारी गरेपछि सियारामले अदालतको फैसलापछि हाजिर हुन पाउने ७० दिनको म्यादको समय नसकिदैं अदालतबाट पक्राउ पुर्जी जारी हुनु दुखद भएको प्रतिक्रिया दिएका थिए। सरकारवादी फौजदारी मुद्दामा दोषी ठहर भई सजाय पाएका व्यक्तिले सरकारी कामकाजको जिम्मेवारी बहन गर्न नसक्ने कानुनी व्यवस्था भए पनि मेयर सियारामले पदमै बसेर कामकाज गर्दै आएका थिए।  हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सियाराम रौतहटको कटहरीया नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। 

तिवारीको २०६७ साल असार १२ गते साँझ वीरगन्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो। प्रहरीका अनुसार मोटरसाइकलमा मन्दिरमा पुगेका सियराम र बाराको हरैयाका अमनप्रसाद कुशवाहा मध्ये  सियरामले पेस्तोलबाट गोली चलाएर तिवारीको हत्या गरेका थिए। हत्यापछि फरार रहेका सियरामलाई प्रहरीले तिवारीको हत्या भएको साढे तीन वर्षपछि २०७० साल पुस १ गते चितवनको भण्डराबाट पक्राउ गरेको थियो। तर, जिल्ला अदालत पर्साले उनी निर्दोष रहेको भन्दै सफाई दिएपछि उनी पक्राउ परेको एक महिनापछि नै  रिहा भएका थिए।
 
तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाई भने प्रहरीले २०६८ साल भदौ २२ गते पक्राउ गरेको थियो। उनी हाल वीरगन्ज कारागारमा छन्। अमनकै बयानका आधारमा प्रहरीले २०७० सालमा सियारामलाई पनि पक्राउ गरेको थियो। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.