कार्यालय समयमा तास खेल्ने सातजना सरकारी कर्मचारी पक्राउ

कार्यालय समयमा तास खेल्ने सातजना सरकारी कर्मचारी पक्राउ

ओखलढुंगा : कार्यालयको काम छोडेर दिनभरी तास खेल्ने सातजना सरकारी कर्मचारी पक्राउ परेका छन्। सदरमुकामको एक होटलबाट तास खेलिरहेको अवस्थामा विभिन्न कार्यालयमा कार्यरत ६ जना सहयोगी स्तरका कर्मचारी र एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। 

बिहीबार मध्यान्न १२ बजेबाटै तास खेलेको सूचनाका आधारमा पुगेको प्रहरीले कर्मचारीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। तासको खालबाट नगद नौ हजार रुपैयाँ र तास बरामद भएको छ।

पक्राउ पर्नेमा धर्मबहादुर खत्री, बुद्धिराज दाहाल, रामबहादुर खड्का, ढाकुरप्रसाद दाहाल र धर्मप्रसाद दाहाल रहेका छन्। उनीहरु सबै निजामती सेवाका सहयोगी स्तरका कर्मचारी भएको ट्रेड युनियनका अध्यक्ष राजन दाहालले जानकारी दिए। त्यस्तै अर्का रविन राजभण्डारी शिक्षक हुन् भने चोप नारायण खत्री अवकाश प्राप्त सरकारी कर्मचारी हुन्।

उनीहरुलाई प्रहरीले पौने चार बजे सिद्धिचरण नगरपालिका ११ मा रहेको धर्म खत्रीको होटलबाट पक्राउ गरेको हो। चारजना खेलिरहेका र अन्य हेरिरहेको अवस्थामा पक्राउ परेको प्रहरीको भनाइ छ। प्रहरीले आगामी दिनमा जुवा तास नखेल्ने शर्तमा कागज गराएर छोडिदिएको छ। 

तास खेलेको ठाउँमा होटलबालालाई विमा गराउन गराएका संघीय समाजवादी फोरमका जिल्ला सचिव प्रकाश तामाङ समेत तास खेल्ने ठाउँमा भेटेपछि प्रहरीले प्रशासनमा बोलाएर कागज गराएको छ।  कर्मचारीले समेत होटलमा बसेर कार्यालय समयमै ताल खेलेको थाहा पाएपछि प्रहरीले निगरानी बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.