बिख्यात पर्वतारोही बोयान पेट्रोभ बेपत्ता, उद्दार गर्न चीन जाँदै नेपाली टोली

बिख्यात पर्वतारोही बोयान पेट्रोभ बेपत्ता, उद्दार गर्न चीन जाँदै नेपाली टोली

काठमाडौँः बुल्गेरियाका विश्वविख्यात पर्वतारोही बोयान पेट्रोभ १० दिनदेखि बेपत्ता भएका छन् । तिब्बततर्फ रहेको ८०२७ मिटर अग्लो शिशापाङ्मा हिमाल चढ्ने क्रममा सात दिनदेखि बेपत्ता भएका पेट्रोभ बेपत्ता भएपछि प्रख्यात आरोहीको अवस्थालाई लिएर चिन्ता बढेको हो । 

८ हजार मिटर अग्ला १४ वटा हिमालको सफलतापूर्वक आरोहण गरिसकेका आफ्ना प्रख्यात आरोही बेपत्ता भएपछि उनको खोजीका लागि बुल्गेरियाले चीन सरकारलाई आग्रह गरेको छ । 

चीन सरकारले आफ्नो पक्षबाट पेट्रोभको खोजीका लागि हरसम्भव प्रयास भइरहेको जनाउँदै नेपालको समेत सहयोग लिने जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गन सुआङले चीन सरकारले हिमालयमा बेपत्ता पेट्रोभको उद्दारका लागि सकेसम्म सबै प्रयास जारी राखिएको जनाएका छन् ।

‘चीन सरकार बुल्गेरियाली पर्वतारोही बोयान पेट्रोभलाई बचाउने हरेक कुरामा ध्यान दिइरहेको छ’, उनले भनेका छन्, ‘हामी उनलाई खोजी गर्ने हरसम्भव प्रयास गर्दैछौँ ।’ चीनले बुल्गेरिया र छिमेकी नेपालको पनि समन्वय र सहयोगमा खोजी तीब्र बनाइएको जनाएको छ । 

गत ३ मेदेखि पेट्रोभ हिमालयबाट गायब भएका हुन् । ३ मेका दिन १४ वटा ८ हजार मिटर अग्ला हिमाल चुमिसकेका पेट्रोभ बेपत्ता भएपछि खोजीका लागि नेपाली टोलीसमेत चीनतर्फ जाने भएको छ । 

१० जना पर्वतारोहीको टोलीसहित शाशापाङ्गमा आरोहणका लागि हिँडेका पेट्रोभ ७५ सय मिटरको उचाईमा पुगेपछि बेपत्ता भएका थिए । पेट्रोभको खोजीका लागि खटिएको उद्दार टोलीले ६ मेका दिन उनी बेपत्ता भएको क्षेत्रबाट एउटा टेन्ट र स्लिपङ ब्याग भेट्टाएका थिए । तर खराब मौसमका कारण खोजी कार्य तत्कालका लागि चिनियाँ पक्षले रोकेको थियो । 

बोयान पेट्रोभका साथी राडोस्लाभा नेनोभाले साथीको खोजी गर्न अल्पानाइस्ट उद्दार अभियानका लागि आर्थिक संकलन अभियान थालिएको जानकारी दिए ।

फेसबुकमा नेनोभाले भनेका छन्, ‘मलाई थाहा छैन, यो कदम कति उचित छ । बोयानको बचाउका लागि मैले आर्थिक अभियान सुरु गरेँ । यसबीचमा बिमा कम्पनीहरुबाट पनि रकम फिर्ता गर्नुपर्नेछ तर यो प्रक्रिया केही लाग्नेछ, मलाई अहिले नै जरुरी छ । रकम संकलनका लागि पेपल पनि सेयर गर्दैछु, यो प्रभावकारी होला ।’

बुल्गेरियाका प्रधानमन्त्री बोय्को बोरिसोले पेट्रोभ हराएपछि मन्त्रिपरिषद्को बैठक बोलाएर उनको खोजीका लागि सारा शक्ति लगाउने बताएका छन् । 

‘हामी पेट्रोभका आफन्तसँग पुरा सम्पर्कमा छौँ । हामीले नेपाल र चीनका अधिकारीसँग पनि कुरा गरिरहेका छौँ’, उनले भनेका छन्, ‘नेपालबाट चीन जानका लागि चिनियाँ राजदूतमार्फत हेलिकोप्टरको रुट पनि मिलिसकेको छ । मलाई विश्वास छ पेट्रोभ जीवितै भेटिनेछन ।’ 

बुल्गेरियाका विदेश मन्त्री एक्टेरिना जाहारेइभाले पेट्रोभ हराएको स्थानमा खोजी र उद्दारका लागि उच्च हिमाली क्षेत्रमा उड्ने हेलिकोप्टर भेटिएको बताएका छन् । उनका अनुसार धेरै उचाईमा उड्ने हेलिकोप्टर भेटिएकाले पेट्रोभको खोजीका लागि त्यसतर्फ भोलि नै पठाइने पनि बताएका छन् । 

मन्त्री एक्टेरिनाले पेट्रोभको खोजीका लागि चीनले हिमालय क्षेत्रम ६ जनाको टोली पठाइसकेको पनि बताएका छन् । तर मौसम खराब भएका कारण उनीहरु अघि बढ्न सकेका छैनन् । मौसममा सुधार भएपछि उद्दार टोली चाँडै क्याम्प टु मा पुग्ने पनि विश्वास लिए । 

नेपालबाट जाँदै सिम्रिकका हेलिकोप्टर 

पेट्रोभको खोजीका लागि शुक्रबार काठमाडौँबाट तीनवटा हेलिकोप्टर चीनतर्फ जाने भएका छन् । स्रोतका अनुसार काठमाडौँस्थित उच्च हिमालीक्षेत्रमा लामो समयसम्म उद्दारमा जुट्न सक्ने सिम्रिक एयरका तीनवटा हेलिकोप्टर हिमालयको चिनियाँ मोहडातर्फ जान लागेका हुन् । क्याप्टेनहरु आनन्द थापा, सुरेन्द्र पौडेल र सिद्धार्थ गुरुङ नेतृत्वको उद्दार टोली शुक्रबार चीनतर्फ जान लागेको हो । 

यो टोलीले यसअघि पनि उच्च हिमाली भेगमा दुर्घटनामा परेका हिमआरोही र पदयात्रीको उद्दार गर्दै आएको छ । हेलिकोप्टरलाई काठमाडौँस्थित चिनियाँ दूतावासमार्फत उडान अनुमति आइसकेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.