सांसदको प्रश्न, भारतीय सेना नेपालमा किन ?

सांसदको प्रश्न, भारतीय सेना नेपालमा किन ?

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै भारतीय सेना नेपाल आएकोप्रति सांसदले विरोध जनाएका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदले भारतीय सेनाका नेपाल आएको विषयमा सदनलाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

विशेष समयमा बोल्ने क्रममा सांसद उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लक्षित गरेर भारतीय सेना नेपाल भएको भन्ने विषयमा सरकारले जानकारी दिनुपर्ने माग गरेकी हुन्। यस्तै सांसद बिन्दादेवी रानाले भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणका बेला सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको अतिक्रमण र दुव्र्यवहारबारे कुरा उठाउन आग्रह गरिन्। उनले प्रबुद्ध समूहले हालसम्म गरेको कार्य प्रगति पनि सार्वजनिक गर्न माग गरिन्। उनले भनिन्, नेपालको सीमा विवाद र भारतीय अत्याचारबारे कुरा गर्नुपर्छ। यसअघि भारत भ्रमणका क्रममा समकक्षी मोदीसंग भएको वान टु वान वार्ताबारे पनि संसदलाई जानकारी गराइयोस्।’

यस्तै सांसद तारादेवी भट्टले कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय सुरक्षा बलले नेपालीमाथि आक्रमण गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘कञ्चनपुरको प्यारा ताललाई कब्जा गर्ने उद्देश्यले भारतीय सुरक्षा फौजले आँखा लगाएको छ, यस्तै सीमावर्ती क्षेत्रमा भारतीय पक्षले नेपाली किसानको बालीनाली लुट्ने काम गरिहेको छ।’

यसैगरी, राष्ट्रिय सभा बैठकमा प्रस्तुत गरिएको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि छलफल सुरु भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सरकारका नीति तथा कार्यक्रमका रुपमा आएको हुँदा सैद्धान्तिक अन्योल र प्राथमिकता दिशाहीन बन्न पुगेको टिप्पणी गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.