मोदी आउँदै : जनकपुरमा सुरक्षा कडा, हवाई गस्ती सुरु

मोदी आउँदै : जनकपुरमा सुरक्षा कडा, हवाई गस्ती सुरु

जनकपुरधामः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी जनकपुरमा हवाई गस्ती सुरू गरिएको छ । मोदीको आउनु केही घण्टा समय बाँकी रहँदा जनकपुरमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो । शुक्रबार बिहानैदेखि दुईवटा हेलिकप्टरबाट नेपाली सेनाको टोलीले गस्ती गर्दै आएको छ। मोदी दुई घण्टासम्म रहुन्जेल हवाई गस्ती जारी रहने नेपाली सेनाले जनाएको छ ।

शुक्रबार बिहानैदेखि पसल र सवारी साधन ठप्प पारिएका छन् । आपतकालिन र भीआईपीका गाडी मात्रै चल्न दिइएको छ । मोदी शुक्रबार बिहान ९ बजेर १५ मिनेटमा हेलिकोप्टरबाट विमानस्थलमा जनकपुर आइपुग्ने छन् । मोदी आउने भएपछि जिल्ला जिल्लाबाट सर्वसाधारणलाई बसबाट ओसार्न थालिएको छ।

शुक्रबार बिहानैदेखि विमानस्थलबाट मुग्लिङ चोक, बसपार्क, रामानन्द चोक हुदैँ जानकी मन्दिर आउने सडकमा सवारी साधन अावतजावत गर्न पूर्णरुपमा बन्द गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.