स्याकारको ५१ वर्षे यात्रा : उपभोक्ताको मन जित्दै होन्डा

स्याकारको ५१ वर्षे यात्रा : उपभोक्ताको मन जित्दै होन्डा

नेपाली बजारमा आम उपभोक्ताको रोजाइमा होन्डाका विभिन्न मोटरसाइकल पर्ने गरेका छन् । ज्योति ग्रुपले ५१ वर्षे यात्रा तय गरिरहँदा बजारमा थुप्रै मोडेलका मोटरसाइकल तथा स्कुटर आए । सबैले उत्तिकै सफलता पाए पनि स्कुटरमा डियो एक नम्बर पोजिसनमा छ भने साइन दोस्रो सर्वाधिक बिक्री हुने बाइक भएको छ । स्याकार ट्रेडिङ कम्पनीले सन् २००२ देखि हालसम्म साढे दुई लाख डियो स्कुटर बिक्री गरिसकेको छ ।

अघिल्ला १२ वर्षमा कम्पनीले एक लाख ७० हजार होन्डाको साइन मोटरसाइकल बिक्री गरेको छ । उपभोक्ताको रोजाइमा होन्डाको युनिकर्न तेस्रो स्थानमा परेको छ । सन् २००५ यता साढे एक लाख होन्डाका युनिकर्न बिक्री भएको छ । एभिएटर स्कुटर र हर्नेट क्रमशः चौथो रोजाइमा परेको छ । ११ वर्षको अवधिमा ८० हजार उपभोक्तामाझमा एभिएटर पुगेको छ । नेपाली बजारमा पछिल्लो संस्करणको रूपमा प्रवेश गरेको होन्डाको हर्नेट दुई वर्षको अवधिमा २५ हजार उपभोक्तामाझ पुगेको छ ।

होन्डाका बाइक तथा स्कुटरमा भएका विशेषता, कम्पनीको निरन्तरता, ग्राहकलाई सन्तुष्ट पार्न सक्ने नेपालको बाटो सुहाउँदो उत्पादन भित्र्याएका कारणले यसले पाँच दशकभन्दा बढीको यात्रा तय गरेको ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिले बताए । उनले भने, ‘उत्पादनमात्रै बिक्री गर्नु हाम्रो उद्देश्य होइन, ग्राकहको सन्तुष्टी नै हाम्रो पुँजी हो भनेर निरन्तर काम ग¥यौं ।’

ज्योति ग्रुपको पुस्तान्तरणसँगै बजारमा थरिथरिका मोटरसाइकल भित्रिए पनि होन्डाको साख अझ बढ्दै गएको अध्यक्ष ज्योतिले बताए । दुईपांग्रे सवारीसाधनमा होन्डा मोटरसाइकलको बजार हिस्सा ३३ प्रतिशत र स्कुटरको हिस्सा ६४ प्रतिशत छ ।

होन्डाका मोटरबाइकबाट लगानी अनुरूप उपभोक्ताले भरपूर्ण उपयोग लिन सक्ने ज्योति ग्रुपका मिडिया एजुकेटिभ निजेनलाल श्रेष्ठले बताए । ‘होन्डाका मोटरसाइकल तथा स्कुटर प्रयोग गर्न सजिलो हुनाका साथै लामो समय टिक्ने र इन्धन पनि कम खपत हुन्छ’, उनले भने, ‘हामीले ५१ वर्षसम्म निरन्तर आम उपभोक्तालाई सेवा दिइरह्यौं ।’ यो ब्रान्डको साख जोगाउन स्याकार कम्पनीले निरन्तर प्रयासरत छ र आगामी दिनमा पनि रहिरहने अध्यक्ष ज्योतिले बताए ।

ज्योति ग्रुपको पुस्तान्तरणसँगै बजारमा थरिथरिका मोटरसाइकल भित्रिए पनि होन्डाको साख अझ बढ्दै गएको छ । दुईपांग्रे सवारीसाधनमा होन्डा मोटरसाइकलको बजार हिस्सा ३३ प्रतिशत र स्कुटरको ६४ प्रतिशत छ ।

५१ वर्षे यात्रामा हामीले कहिले निराश हुनु परेन, सधैं उपभोक्ताको साथ र माया पाइराख्यौं । उहाँहरूले होन्डालाई रुचाइदिनु भएकाले नै हामीले यो यात्रा तय गर्न सफल भएका हौं’, श्रेष्ठले थपे, ‘बजारमा सधैं उस्तै माग छ ।’ बजारमा अन्य मोटरसाइकलको तुलनामा होन्डाका दुईपांग्रे महँगोे भए पनि मध्यमवर्गीय उपभोक्ताले होन्डाका बाइकलाई रुचाएका हुन् ।

होन्डाका प्रयोगकर्ताले अन्य बाइक चढ्न त्यति रुचाउँदैनन् । बाइक एक्सचेन्ज गर्दा होन्डाकै अर्को मोडेल रोज्ने गरेको उनले बताए । विभिन्न रंग र मोडलमा पाइने यो ब्रान्डले अहिलेसम्म नेपाली बजारमा अग्रस्थानका रहेको कम्पनीको दाबी छ । ‘एउटै ब्रान्ड ५०÷६० वर्षसम्म किन टिकी राख्न सक्छ त भन्दा यसले आम उपभोक्तालाई दिएको विश्वास हो’ श्रेष्ठले भने । उनका अनुसार हालसम्म नेपाली बजारमा होन्डाको प्रतिस्पर्धी छैनन् । होन्डा सीबी साइन, होन्डा सीबी हर्नेट, होन्डा सीबी युनिकर्न र होन्डा एक्सआरलगायत बाइक उत्तिकै रुचाइएका बाइक हुन् ।

होन्डा एस ११०, होन्डा सी २०१ सीटी ९०, एक्सएल १८५, एक्सआर २५० टर्नेटो, सीबीआर २५०आर, सीआरएफ २५०, एक्सआर १२५, एक्सआर १५०, एक्सआर १९० लगायत होन्डाका बाइक नेपाली मार्केटमा चलेका बाइक हुन् ।

बर्सेनि होन्डाका नयाँ÷नयाँ मोडल बजारमा आउने गरेका छन् । स्कुटरमा ११० सीसीमाथि १२५ सीसीसम्म छ भने दैनिक प्रयोगकर्ताले १२५ सीसीको बाइकलाई आफ्नो प्राथमिकतामा पार्ने गरेका छन् । बाइकमा भने युनिकर्न, हर्नेट, साइन, डियोलाई नर्मल बाइकका रूपमा लिने गरिएको छ । स्पोर्ट र अन्य अफरका लागि भने नेपाली बजारमा एक हजारदेखि एक हजार एक सय सीसीसम्मका बाइक चल्ने गरेको छ । अन्य बाइकको तुलनामा होन्डा सर्भिस चार्ज कम लाग्छ । माइलेज बढी दिने र आरामदायी भएकाले पनि होन्डाको बाइक लोकप्रिय बनेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.