मोदीको स्वागतमा हजारौँ ल्याइयो, बाह्रबिघामा छिर्नै मुश्किल
जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा भन्दै प्रदेश २ र प्रदेश १ बाट हजारौँ सर्वसाधरणलाई जनकपुरमा ओरालिएको छ ।
प्रदेश २ सरकारले करिब अढाई सयवटा बसको प्रयोग गरेर हजारौँलाई बाह्रबिघा मैदानमा उतारिएको हो । अहिलेसम्म करिब ३० हजार सर्वसाधरण बाह्रबिघा मैदानमा छिरिसकेका छन् ।
अझै त्यतिकै संख्यामा सर्वसाधरण मैदान बाहिर रहेका छन् । दुईवटा मात्रै गेटबाट छिराइएकाले सुरक्षा मिलाउन पनि समस्या भएको छ । प्रहरीले केहीबेर अघि लाठीचार्ज पनि गरेको छ ।