क्यान्सर अस्पताल सकसमा

क्यान्सर अस्पताल सकसमा

भक्तपुर ः  स्वास्थ्य मन्त्रालयले विपन्न क्यान्सर बिरामीहरूको भुक्तानी नदिँदा अस्पताल सञ्चालन सकस भएको भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ । अस्पतालले गएको मंसिरदेखि वैशाख २७ गतेसम्म १० करोड ३६ लाख रुपैयाँ स्वास्थ्य मन्त्रालयबाट गरिब तथा विपन्न क्यान्सर बिरामीहरूलाई दिइने एक लाख रुपैयाँको भुक्तानी पाउन बाँकी भएको जनाएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालयले रकम भुक्तानी निकासा नगर्दा अस्पताल सञ्चालन गर्न धौधौ भएको गुनासो गरेका हुन् ।

अस्पतालले दस करोड रुपैयाँ ऋणको भार बोक्न नसक्ने उनको भनाइ थियो । उनले उक्त रकम चाँडै उपलब्ध नगराइए गरिब तथा विपन्न क्यान्सर बिरामीहरूको उपचार रोक्न अस्पताल बाध्य हुने चेतावनी दिए । ‘गएको मंसिरदेखि बैशाख २७ गतेसम्म एक हजार ३६ जना गरिब तथा विपन्न क्यान्सर बिरामीको भुक्तानी रोकिएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘पहिले एकदुई महिनामै भुक्तानी उपलब्ध हुन्थ्यो तर यसपटक ६ महिना बित्दा पनि भुक्तानी उपलब्ध गराइएको छैन ।’ अस्पताल अत्यावश्यकीय सेवाको लागि भएकोले ऋण लिएर दैनिकी चलाउँदै आएको अस्पतालका मेडिकल निर्देशक प्राडा ऋषिकेशनारायण श्रेष्ठ बताउँछन् ।

रकम चाँडै उपलब्ध नगराइए गरिब तथा विपन्न क्यान्सर बिरामीहरूको उपचार रोक्न अस्पताल बाध्य हुने चेतावनी दिए ।

‘अस्पतालले चिकित्सक, नर्स, प्राविधिक तथा कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था आएको छ’, उनले भने । अस्पतालले दैनिक १० देखि १५ जना गरिब तथा विपन्न क्यान्सर बिरामीको उपचार दिँदै आएको छ । ‘गैरनाफामूलक भक्तपुर क्यान्सर अस्पताल जस्तोलाई ऋण बोकेर बिरामीको सेवा गर्न कठिन छ’, मेडिकल निर्देशक प्राडा श्रेष्ठ भन्छन्, ‘ऋण बोकेरै सेवा कहिलेसम्म ? ’ अस्पताल आफैं ऋणमा सञ्चालन भइरहेकोले धेरैलाई भुक्तानी रोक्नु परिरहेको बताए । पछिल्लो समय अस्पतालमा उपचारमा आउने बिरामीको चाप बढेको बढ्यै छ । एकसय पचास शैय्याको उक्त अस्पतालमा शय्याको अपर्याप्ताले बिरामी फर्काउन बाध्य भएको मेडिकल निर्देशक श्रेष्ठ बताउँछन् । उनका अनुसार सन् २०१८ को जनवरीदेखि अप्रिलसम्म चार महिनाको अवधिमा पाँच हजार पाँच सय ७४ जना नयाँ बिरामी अस्पताल पुगेका छन् । अस्पताल पुगेका नयाँ बिरामीमध्ये एक हजार एकसय १५ जनामा क्यान्सर लागेको पुष्टि भएको मेडिकल श्रेष्ठले जानकारी दिए । त्यस्तै चार महिनामा १८ हजार ६ सय ९४ जना बिरामी फलो अपको लागि अस्पताल पुगेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.