ओलीलाई मोदीले भने आदरणीय ‘कोली’जी

ओलीलाई मोदीले भने आदरणीय ‘कोली’जी

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्ने क्रममा चुकेका छन् । 

रामायण सर्किटको उद्घाटनका क्रममा जानकी मन्दिर परिसरमा ५ मिनेट लामो मन्तब्य राख्ने क्रममा मोदीले तीन पटकसम्म ओलीलाई ‘कोली’ भन्दै सम्बोधन गरेका हुन् । 

आफूलाई जनकपुरमै स्वागत गर्न आएकोमा खुसी हुँदै मोदीले भने, ‘आदरणीय मेरा भाइ सा’व नेपालका प्रधानमन्त्री केपी शर्मा ओली (ओली) मेरो स्वागतमा जनकपुर आइपुग्नुभएकोमा म धेरै खुसी छु’, मोदीले भने, ‘भारतको पहिलो प्रधानमन्त्रीका रुपमा आज जनकपुरमा आइपुगेको छु । राजा जनकको माता जानकीलाई प्रणाम गर्ने शौभाग्य पाउँदा हर्षविभोर भएको छु ।’

मोदीले ५ मिनेट लामो भाषण गरिरहँदा नेपालका प्रधानमन्त्रीको नाम थरमा अलमल रहेको उनको भाषणका क्रममा थाहा हुन्थ्यो । ओली, नेपाल सरकार, राज्य सरकार र नगर सरकारको प्रशंसामा शब्द खर्चिरहँदा मोदीले ओलीलाई ‘कोली’ शब्द पटक पटक दोहोर्‍याए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.