मोदीलाई जनकपुरमा १२१ किलोका तीन माला
जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २ नम्बर प्रदेश सरकारले १२१ किलोको माला लगाएर अभिनन्दन गरेको छ ।
जनकपुरको बाह्रबिघा मैदानमा भएको अभिनन्दन कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितले मोदीलाई १२१ किलोको माला लगाइएदिएको हो ।
त्यसैगरी वीरगन्ज उद्योग वाणिज्य महासंघको तर्फबाट पनि मोदीलाई १२१ किलोको माला लगाएर सम्मान गरिएको छ ।
जनकपुर उद्योग वाणिज्य महासंघले पनि मोदीलाई १२१ किलोकै माला लगाइदिएका छन् । बाह्रबिघामा मोदीलाई सम्मान गर्ने क्रम जारी छ ।