मोदीले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा के लेखे ?
![मोदीले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा के लेखे ?](https://annapurnapost.prixacdn.net/media/albums/20180511083212_narendramodi-wrote-in-the-Visitors-Book-at-the-Janaki-temple._NRu3C6SfKg.jpg)
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र जानकी मन्दिरको यात्रा गर्ने आफ्नो पुरानो इच्छा पूरा भएको बताएका छन्। शुक्रबार जानकी मन्दिरमा पूजापाठपछि आगन्तुक पुस्तिकमा मोदीले आफ्नो जनकपुर आउने पुरानो इच्छा पुरा भएको उल्लेख गरेका हुन्। सँगै मोदीले नेपाली र भारतीय तीर्थयात्रीका लागि विशेष महत्व राख्ने जानकी मन्दिरको यात्रा अविस्मरणीय रहेको समेत उल्लेख गरेका छन्।
‘जनकपुर यात्रा गर्ने मेरो पुरानो इच्छा आज पूरा भएको छ। नेपाली र भारतीयको विशेष महत्व राख्ने तीर्थस्थलको यात्रा अविस्मरणीय रहने अनुभव गरेको छु’, मोदीले लेखेका छन्, ‘आज यहाँ मेरो स्वागत गर्ने सरकार र जनकपुरवासीप्रति विशेष आभार व्यक्त गर्दछु।’ सागै मोदीले जनकपुरवासी र नेपालका सम्पूर्ण जनताको जीवनमा शान्ति र प्रगतिको कामना समेत गरेका छन्।
‘जनकपुरवासी र नेपालका सम्पूर्ण जनताको जीवनमा शान्ति प्रगति र समृद्धिको लागि भारतीय जनताको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु’, मोदीले लेखेका छन्, ‘जय सियाराम।’
![](http://bg.annapurnapost.com/uploads/media/20180511082745_Narendra_modi.jpg)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)