नागरिक अभिनन्दनपछि जनकपुरमा मोदीले के-के भने ?

नागरिक अभिनन्दनपछि जनकपुरमा मोदीले के-के भने ?

जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाह्रबिघा मैदानबाट नेपालबिना भारत अधुरै रहने बताएका छन्। बाह्रबिघा मैदानमा प्रदेश नम्बर २ को तर्फबाट अभिनन्दन थापेपछि सम्बोधन गर्दै मोदीले नेपालबिना भारतको इतिहास अधुरो हुने बताए। 

‘हाम्रो चाह र राह सबै समान हो, सपना संकल्प सबै समान हो। हाम्रो गन्तव्य पनि एकै हो’, मैथिलीमा भाषण सुरु गर्दै मोदीले भने, ‘नेपालबिना भारतको इतिहास अधुरो छ, नेपालबिना हाम्रो नाम पनि अधुरो हुन्छ।’ 

मोदीले सुरुमा मैथिलीमा भाषण गरेपछि केही शब्द नेपालीमा पनि बोले। उनले नेपालीमा भने, ‘मेरो यो पटकको नेपाल भ्रमण प्रधानमन्त्रीका रुपमा नभई प्रधान तीर्थयात्रीका रुपमा भएको हो।’मोदीले दुई देशबीचको मित्रता मित्रता आजको नभइ त्रेता युगदेखिको रहेको जिकिर गरे। ‘हामी भगवान रामको पालादेखि जोडिएका छौँ’, उनले भने, ‘हाम्रो सुख दुःख पनि समान हो, हाम्रो सपना पनि एउटै छ।’


लुम्बिनी नेपालमै छ, बुद्ध त्यहीँ जन्मिए
मोदीले नेपाली भूमिमै रहेको लुम्बिनीमा भगवान गौतम बुद्धको जन्म भएको बताएका छन्। अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले गौतम बुद्धको जन्म लुम्बिनीमै भएको बताएका हुन्। ‘लुम्बिनी नेपाली भूमिका छ, लुम्बिनीमै भगवान बुद्धको जन्म भएको थियो’, उनले भने, ‘यो भूमिले छोरीको सम्मान गर्न जानेको छ। छोरीको सम्मान आज पनि सबैभन्दा बढी आवश्यता छ। राजनीति, कुटनीतिसँगै दुई मुलुक देवनीतिले पनि बाँधिएका छन्।’

 नेपालीको स्वाभिमान सगरमाथा भन्दा अग्लो..
बाह्रविघा मैदानमा प्रदेश सरकारको तर्फबाट गरिएको नागरिक अभिनन्दनपछि बोल्दै नेपालीको स्वाभिमान सगरमाथा भन्दा अग्लो भएको बताएका छन्।  ‘नेपालीको धर्मनिष्ठा सागर भन्दा गहिरो र स्वाभिमान सगरमाथा भन्दा अग्लो रहेको छ। हामी छिमेकीलाई तपाईँहरुको आशिर्वाद लागिरहेको छ’, मोदीले भने। 

त्यसैगरी मोदीले  मिथिला संस्कृति धेरै माथि रहेको बताएका छन्। नेपाल र भारतको मित्रताको चर्चा गर्दै उनले नेपालको विकास तीब्र गतिमा भइरहेको र त्यसमै ऊर्जा दिन आफू नेपाल आएको बताएका छन्। 

उनले नेपालले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाएको र एक वर्षमा तीन चुनाव सम्पन् गरेको भन्दै नेपाल र नेपालको राजनीतिक नेतृत्वको प्रशंसा गरे।  मोदीले नेपालमा प्रान्तीय सरकार गठन हुनु ऐतिहासिक भएको समेत बताए। ‘नेपालको इतिहासमा पहिलो पटक चुनाव भएर प्रान्तीय सरकार बनेको छ’, मोदीले भने, ‘लोकतन्त्रले आफ्नो सपना र अवसर पुरा गर्न बेरोकतोक अधिकार दिन्छ।’
 
मोदीले नेपालको समृद्धि र खुसीका लागि भारतले सदैव कामना गर्ने बताए।  ‘प्रधानमन्त्री ओलीको सपना पुरा गर्न सवा सय करोड हिन्दुस्तानीको तर्फबाट शुभकामना सबका साथ सबका विकास मूलमन्त्रसहित भारत अगाडि बढेको छ। यी क्षेत्रमा भइरहेको विकासको लाभ सबैभन्दा धेरै नेपालले पाउँछ’, मोदीले भने, ‘भारतका लागि मात्रै होइन, सबै छिमेकी देशका लागि यही कामना हुनेछ। नेपालले बोकेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन्छ। यो सपना पूरा हुँदै गर्दा सवा सय करोड भारतबासी पनि खुशी हुनेछन्। 

नेपाललाई जल, सडक र अन्तरिक्षबाट जोड्ने 
त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्रगति देखेर भारतीय खुशी भइरहेको बताउँदै दुई देशका बीचमा उचो निचो केही नरहेको बताए। उनले जलथल, सडक, अन्तरिक्षबाट नेपाललाई जोड्ने उद्घोष गरे। 

‘नेपाल भारतको विशाल रेल लाइनमा जोडिन्छ’, मोदीले भने, ‘ विहारको रक्सौलबाट काठमाडौँलाई जोड्न तत्काल काम थाल्छौँ,  जलमार्गबाट पनि नेपाल र भारतलाई जोड्ने प्रयास गछौँ।’ मोदलिे नेपाल र भारत जलमार्गबाट पनि जोडिने र विश्वका सामान सजिलै नेपाल ल्याउन सकिने समेत बताए। मोदीले यसले गर्दा नेपाल र भारतको व्यपार विश्वव्यापी हुने बताए। ‘नेपाल भारतको जलमार्गबाट समुद्रसँग पनि जोडिन्छ’, मोदीले भने, ‘विश्वको सामान सजिलै नेपाल आउँछ र दुई देशले विश्वभर व्यापार गर्न सक्छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.