मोदी काठमाडौं आइपुग्दा सर्वसाधारण यसरी बाटोमै रोकिए (फोटो फिचर)
वैशाख २८, २०७५ शुक्रबार १६:३१:०
तस्बिर : सुनिता डंगोल
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । यस पटक मोदीले नेपाल भ्रमण जनकपुरबाट गरेका हुन्। शुक्रबार दिउँसो मोदी साढे तीनबजे जनकपुरबाट काठमाडौं आइपुगेका छन् । मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै बौद्धस्थित ह्यात होटल पुगेका छन् । मोदीको सवारीका लागि राजधानीका सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तस्बिरमा हेर्नुहोस् मोदीको सवारी समयमा सर्वसाधारण कसरी बाटोमै रोकिए :