नाकाबन्दीको विरोधमा विवेकशील-साझाले राखेको ब्यानर प्रहरीले झिक्यो
काठमाडौँ: विवेकशील-साझा पार्टीले भारतीय नाकाबन्दीको विरोध गर्दै ललितपुरको बखुण्डोलस्थित केन्द्रीय कार्यालयमा राखेको ब्यानर प्रहरीले जबरजस्ती झिकेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएपछि विवेकशील-साझाले नाकाबन्दीको बिरोध जनाउन राखिएको ब्यानर जबरजस्ती कार्यालय पसेर लगेको सो पार्टीले जानकारी दिएको छ ।
ब्यानर झिकिएको विरोधमा राखिएको ब्यानर झिकिएपछि ललितपुर जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीका नेताहरुलाई पनि प्रहरीले कार्यालय परिसरमा पस्नै नदिएको बताइएको छ ।
प्रहरीले ब्यानर झिकेपछि फेरि राखिँदा पनि प्रहरी झिकेर लगेका थिए । विवेकशील-साझाले मोदीलाई स्वागत गरिने तर उनले नाकाबन्दी गरेकोमा माफी माग्नुपर्ने अडान राख्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
८