उपराष्ट्रपति पुन र भारतीय प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट

उपराष्ट्रपति पुन र भारतीय प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेट गरेका छन्। शुक्रबार साँझ साढे पाँच बजे मोदी उपराष्ट्रपतिलाई भेट्न बहादुर भवन पुगेका हुन्। 

उपराष्ट्रपतिसँगको भेटमा मोदीले दुई देशको सम्बन्ध, राजनीतिक विकासक्रम, दुई देशको विकास, शान्ति र समृद्धिका विषयमा छलफल गरेका छन्। शुक्रबार मोदीले जनकपुरबाट नेपालको राजकीय भ्रमण सुरु गरेका हुन्। जनकपुमा जानकी मन्दिरको दर्शन, नागरिक अभिन्नदन समारोहमा सहभागी भएका मोदी शुक्रबार साढे तीनबजे काठमाडौं आएका हुन्। 

काठमाडौं आए लगत्तै बौद्धस्थित ह्यात होटलमा केहीबेर आराम गरेर मोदी गार्ड अफ अनरको सम्मानका लागि टुँडिखेल पुगेका थिए। त्यस लगत्तै उपराष्ट्रपति कार्यालयमा पुगेका मोदीले नन्दबहादुर पुनसँग भेटवार्ता गरेका हुन्। केही बेरमै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.