सैनिक मञ्च टुँडिखेलमा ओली र मोदी (फोटो फिचर)

तस्बिर : अशोक दुलाल
काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । राजधानीको सैनिक मञ्च टुँडीखेलमा आयोजित समारोहबीच मोदीलाई नेपाली सेनाको टुकडीले १८ तोपको सलामीसहित गार्ड अनरबाट सम्मान गरेको हो ।
सेनाले मोदीलाई सम्मान गर्दा प्रधानमन्त्री केपी शर्मा ओली साथमै थिए । मोदीले ओलीले सेनाले गार्ड अफ अनर प्रदान गरेपछि फोटोसमेत खिचाएका थिए । मोदीले सरकार सबै मन्त्रीसँग भेट समेत गरे ।
मोदी जनकपुर हुँदै केही बेरअघि काठमाडौँ आएका हुन् । मोदीलाई जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिनन्दन पनि गरिएको थियो । मोदीले शुक्रबारै जानकी मन्दिरमा पूजा पनि गरेका थिए। मोदी र उनका समकक्षी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामायण सर्किटको पनि शुक्रबारै उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
