राष्ट्रपति भण्डारी र भारतीय प्रम मोदीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र भारतीय प्रम मोदीबीच भेटवार्ता

काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा  रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच  राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।भेटवार्ता नेपाल भारतको प्रगाढ सम्बन्धको बारेमा चर्चा भएको छ । भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको छ ।

शुक्रबार नेपाल भ्रमणमा आएका मोदी जनकपुमा जानकी मन्दिरको दर्शन र नागरिक अभिन्नदन समारोहमा सहभागी  भएर दिउँसो साढे तीनबजे काठमाडौं आएका हुन्। 

काठमाडौं आए लगत्तै बौद्धस्थित ह्यात होटलमा केहीबेर आराम गरेर मोदी गार्ड अफ अनरको सम्मानका लागि टुँडिखेल पुगेका थिए। त्यस लगत्तै बहादुर भवनमा पुगेर मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका थिए । 

उपराष्ट्रपतिसँगको भेटपछि मोदी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । मोदी र ओलीबीच अहिले बत्तीसपुतलिस्थित द्वारिका होटलमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वान टु वान वार्ता भइरहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.