द्वारिका होटलमा ओली र मोदीको भेटवार्ता

द्वारिका होटलमा ओली र मोदीको भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक भेटवार्ता भएको छ। शुक्रबार दुई दिने भ्रमणका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री ओलीले द्वारिका होटलमा औपचारिक भेटवार्ता गरेका हुन्। 

भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले मोदीसँग उच्च भेटवार्ता गरेका हुन्। भेटवार्तामा दुई देशको आपसीहित, दुई देशबीच भएका सम्झौता कार्यान्वयनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दिएको छ। 

शुक्रबार बिहान जनकपुरबाट दुई दिने नेपाल भ्रमणको प्रारम्भ गरेका मोदी दिउँसो साढे तीनबजे काठमाडौं आएका हुन्। काठमाडौं आएलगत्तै मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ह्यात होटल पुगेका थिए। सँझ साढे चार बजे नेपाली सेनाले प्रदान गरेको ‘गार्ड अफ अनर’ ग्रहण गर्न सैनिक मञ्च टुँडिखेल पुगेका मोदीले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन्। 

सैनिक मञ्चको कार्यक्रम सकिएलगत्तै मोदी उपराष्ट्रपति निवास बहादुर भवन र उपराष्ट्रपतिसँगको भेटवार्ता सकिए लगत्तै राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए। 

राष्ट्रपतिसँगको भेटवार्तापछि द्ववारिका होटलमा आएका मोदीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। उनले प्रधानमन्त्रीसँगको भेटवार्तालगत्तै पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्दैछन्। त्यस लगतै दुई देशका उच्च प्रतिनिधिमण्डलको समेत सामुहिक छलफल र भेटवार्ताको कार्यक्रम रहेको छ। 

मोदी शनिबार मुक्तिनाथ, पशुपतिनाथ दर्शनसँगै काठमाडौं महानगरपालिकाले प्रदान गर्ने नागरिक अभिनन्दन ग्रहण गरेर मात्र साँझ ४ बजेपछि स्वदेश फर्किने छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.