भारतीय प्रधानमन्त्री मोदीसँग पूर्वप्रधानमन्त्रीको संयुक्त भेट

भारतीय प्रधानमन्त्री मोदीसँग पूर्वप्रधानमन्त्रीको संयुक्त भेट

काठमाडौं : जनकपुरबाट नेपालको राजकीय भ्रमण सुरु गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्रीसँग संयुक्त भेटवार्ता गरेका छन् ।

शुक्रबार साँझ बत्तीसपुतलिस्थित होटल द्वारिकाजमा मोदीले पूर्वप्रधानमन्त्रीहरुसँग संयुक्त भेटवार्ता गरेका हुन्  । मोदीसँगको भेटमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।

पूर्वप्रधानमन्त्रीसँगको भेटवार्ता दुई देशको हित र चासोको विषयमा केन्द्रित भएको थियो । त्यसअघि मोदीले प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । मोदी शुक्रबार बिहान नजकपुर हूँदै काठमाडौं आएका हुन् । जनकपुरमा जानकी मन्दिरको दर्शन गरेका मोदीलाई प्रदेश २ को सरकारले जनकपुरमा नागरिक अभिनन्दन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.