यो अवस्थामा ओली र मोदी..

तस्बिर : अशोक दुलाल
काठमाडौं : नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेपछि शुक्रबार साँझ द्वारिका होटलमा एउटा रोचक दृश्य देखियो। अरुण तेस्रो शिलान्यास लगत्तै भारतीय प्रधनमन्त्री मोदी ओलीलाई अंकमाल गर्न अघि बढे। मोदी अघि बढेपछि ओली मोदीको अंगालोमा बेरिए।
ओली र मोदीले अंकमाल गर्दा दुवै जनाको अनुहार देखिने गरी दुवैतर्फ कुममा टाउको राखेका थिए। त्यसपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले सम्बोधन गरे। मोदीले विकास र समृद्धिका लागि भारत र नेपालको चाहना एक अर्काका पुरक भएको बताउन छुटाएनन्।
जनकपुरबाट दुई दिने नेपाल भ्रमण गरेका मोदीलाई स्वागत गर्न शुक्रबार बिहान प्रधानमन्त्री ओली जानकी मन्दिरमा पुगेका थिए।
मोदी काठमाडौं आएपछि सैनिक मञ्चमा आयोजित गार्ड अफ अनरको कार्यक्रममा समेत ओली र मोदीसँगै थिए। ओली र मोदीको औपचारिक भेटवार्ता भने द्वारिका होटलमा साँझमात्र भयो। ओली र मोदीले एक्लाएक्लै वार्ता गरेपछि दुई देशका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छलफल गरेका थिए। त्यसपछि ओली र मोदीले एक अर्काको आपसी सम्बन्ध मजबुत भएको देखाउन अरुण तेस्रोको शिलान्यास लगत्तै अंकमाल गरेका हुन्। त्यसपछि मोदी ओलीले द्वारिका होटलमा आयोजना भएको रात्रिभोजमा सहभागी भए।
एउटै पोशाकमा ओली र मोदी (फोटो फिचर)
सैनिक मञ्च टुँडिखेलमा ओली र मोदी (फोटो फिचर)
प्रतिक्रिया दिनुहोस !
