शनिबार मोदी कतिबेला कहाँ पुग्छन् ?

शनिबार मोदी कतिबेला कहाँ पुग्छन् ?

काठमाडौं : नेपाल भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार पनि व्यस्त छन्। बिहानै मुक्तिनाथ दर्शन गर्न त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलबाट मोदी मुस्ताङ उडिसकेका छन्। जनकपुरबाट नेपालको दुई दिने राजकीय भ्रमण सुरु गरेका भारतीय प्रधानमन्त्रीमोदी मुक्तिनाथ दर्शनपछि फेरि काठमाडौं फर्किने कार्यक्रम रहेको छ। 

मोदी शनिबार बिहान ६ ः २० मै मुस्ताङको मुक्तिनाथमा पूजाअर्चनाका लागि उडिसकेका छन्। त्यहाँ उनले  ७ः५० मुक्तिनाथ दर्शन र पूजाअर्चना गरिसक्ने बताइएको छ। मुक्तिनाथ दर्शनपछि जोमसोम हुँदै उनी काठमाडौं फर्किनेछन्। 

 काठमाडौं आएर उनले पशुपतिनाथ दर्शन गर्नेछन् भने दिउँसो काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा उनको सम्मानमा नागरिक अभिनन्दन गर्ने छ। 

कांग्रेस र मधेसवादी दलसँग शनिबार छलफल

प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसवादी दलसँग भारतीय प्रधानमन्त्री मोदीले शनिबार भेट्ने कार्यक्रम छ। कांग्रेससँग मोदीले दिउँसो १२ बजे, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग भने दिउँसो एक बजे भेट्ने कार्यक्रम रहेको तीनै पार्टी आबद्ध नेताले बताएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारी मोदी भेट्न दिउँसो १२ बजे हायात होटल जाने कार्यक्रम कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। मोदीसँग फोरम नेताको भेटघाट र छलफलका लागि उनीहरूलाई दिउँसो १ बजे हायात होटलमा बोलाइएको छ। राजपाका अध्यक्षमण्डलका ६ ओटै अध्यक्षलाई बोलाइएको राजपा अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले जानकारी दिए शनिबार दिउँसो डेढ बजे होटल हायातमै भारतीय राजदूत मञ्जीभसिंह पुरीले दिवाभोजको समेत आयोजना गरेका छन्।

शुक्रबार बिहान जनकपुरबाट नेपालको दुई दिने भ्रमण सुरु गरेका मोदीले जानकी मन्दिरको दर्शन गरिसकेका छन्। जनकपुरमा उनलाई प्रदेश सरकारको आयोजनामा नागरिक अभिनन्दन समेत गरिएको छ। शुक्रबार नै मोदीलाई राजधानीको टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनरको सम्मान गरेको छ। मोदीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गरिसकेका छन्। 

शुक्रबार साँझ द्वारिका होटलमा मोदीले पूर्वप्रधानमन्त्रीसँग संयुक्त छलफल गर्नुका साथै दुई देशका प्रतिनिधिमण्डलसँग समेत छलफल गरे। सँगै ओली र मोदीलदे अरुण तेस्रोको शिलान्यास समेत स्वीच दबाएर काठमाडौं बाटै गरेका छन्। 

मोदी दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.