मोदीले पशुपतिमा विशेष पूजा गर्दै : यस्तो छ तयारी

मोदीले पशुपतिमा विशेष पूजा गर्दै : यस्तो छ तयारी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान पशुपतिमा विशेष पूजा गर्दै छन्। मोदीले पनि राष्ट्रप्रमुख र सरकार प्रमुखले गर्ने जस्तै उच्चस्तरको पूजा गर्ने पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। त्यसका लागि तयारी सकिएको उनले बताए। पूजाअर्चनापछि कोषले मोदीलाई उपहार दिने उनले जानकारी दिए।

मुस्ताङमा पनि तयारी तीव्र

मुक्तिनाथको दर्शनमा जान लागेका मोदीको स्वागत र सम्मानको तयारी सकिएको मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष धारा गुरुङले जानकारी दिए। मोदीलाई संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रूपमा स्वागत गर्ने कार्यक्रम छ। त्यसका लागि मुक्तिनाथ क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। उक्त अवसरमा मोदीलाई ‘नागरिक अभिनन्दन’समेत गरिनेछ। त्यसको पनि तयारी सकिएको अध्यक्ष गुरुङले बताए।

मोदी भ्रमणका कारण शुक्रबार र शनिबार बेनी–जोमसोम सडकखण्डका साथै मनाङदेखि मुस्ताङ प्रवेश गर्ने थोराङ्लापास समेत बन्द गरिएको छ।

कांग्रेस र मधेसवादी दलसँग शनिबार छलफल

प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसवादी दलसँग भारतीय प्रधानमन्त्री मोदीले शनिबार भेट्ने कार्यक्रम छ। कांग्रेससँग मोदीले दिउँसो १२ बजे, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग भने दिउँसो एक बजे भेट्ने कार्यक्रम रहेको तीनै पार्टी आबद्ध नेताले बताएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारी मोदी भेट्न दिउँसो १२ बजे हायात होटल जाने कार्यक्रम कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। मोदीसँग फोरम नेताको भेटघाट र छलफलका लागि उनीहरूलाई दिउँसो १ बजे हायात होटलमा बोलाइएको छ। राजपाका अध्यक्षमण्डलका ६ ओटै अध्यक्षलाई बोलाइएको राजपा अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले जानकारी दिए शनिबार दिउँसो डेढ बजे होटल हायातमै भारतीय राजदूत मञ्जीभसिंह पुरीले दिवाभोजको समेत आयोजना गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.