मोदी भ्रमण : कांग्रेस र मधेसवादी दलसँग शनिबार भेट

मोदी भ्रमण : कांग्रेस र मधेसवादी दलसँग शनिबार भेट

काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसवादी दलसँग भारतीय प्रधानमन्त्री मोदीले शनिबार भेट्ने कार्यक्रम छ । कांग्रेससँग मोदीले दिउँसो १२ बजे, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग भने दिउँसो एक बजे भेट्ने कार्यक्रम रहेको तीनै पार्टी आबद्ध नेताले बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारी मोदी भेट्न दिउँसो १२ बजे हायात होटल जाने कार्यक्रम कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

मोदीसँग फोरम नेताको भेटघाट र छलफलका लागि उनीहरूलाई दिउँसो १ बजे हायात होटलमा बोलाइएको छ । राजपाका अध्यक्षमण्डलका ६ ओटै अध्यक्षलाई बोलाइएको राजपा अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले जानकारी दिए शनिबार दिउँसो डेढ बजे होटल हायातमै भारतीय राजदूत मञ्जीभसिंह पुरीले दिवाभोजको समेत आयोजना गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.