राष्ट्रिय महिला लिग भलिबल जेठमा

राष्ट्रिय महिला लिग भलिबल जेठमा

काठमाडौं : चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल जेठ चौथो साता हुने भएको छ । भलिबलप्रति युवापुस्तालाई आकर्षित गर्ने लक्ष्यका साथ आयोजना हुने प्रतियोगिता जेठ २१ देखि २६ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवनको पद्मोदय क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख, तेस्रो हुने टोलीले ५० हजार र चौथो हुने टोलीले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी विधागततर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

भदौमा इन्डोनेसियाको जकार्तामा हुने एसियाली खेलकुदको तयारीका लागि पुरुष टोली प्रशिक्षणमा रहेकाले महिला लिगको मात्र मिति घोषणा गरिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनले एसियाली खेलकुदपछि पुरुष लिग सञ्चालन गरिने बताए ।

लिगको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत लिगलाई प्रायोजन गरेको र यो प्रायोजन आगामी दिनमा पनि निरन्तर रहने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.