‘मोदीजी स्वागत छ तर, नाकाबन्दी बिर्सिएका छैनौं’ लेखेर विवेकशीलले बेलुन उडायो

‘मोदीजी स्वागत छ तर, नाकाबन्दी बिर्सिएका छैनौं’ लेखेर विवेकशीलले बेलुन उडायो

काठमाडौं : विवेकशील साझा पार्टीले प्रहरीले पार्टी मुख्यालयमा राखेको ब्यानर पटकपटक फालिदिएपछि बेलुन उडाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सांकेतिक विरोध गरेको छ।  ‘मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं’, लेखेर पार्टी मुख्यालय ललितपुरमा राखेको ब्यानर प्रशासनले दुई पटकसम्म फालिदिएपछि सोही वाक्य लेखेर विवेकशील साझा पार्टीले बेलुन उडाएको हो। सरकारले संकेतिक ब्यानर हटाएपछि सामाजिक सञ्जालमा समेत सरकारको चर्को विरोध भइराखेको छ। 

सरकारले शान्तिपूर्ण विरोधमाथि हस्तक्षेप गर्नु अधिनायकवादको स्पष्ट संकेत भएको आरोप विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले लगाएका छन्।  मिश्रले ट्विटरमा लेखेका छन्, ‘विवेकशील साझा पार्टीले कार्यालयमा मोदीजी स्वगत तर नाकाबन्दी बिर्सेका छैनौं लेखेको ब्यानर प्रहरीले निकालेको छ। ब्यानर राख्ने र प्रहरीले झिक्ने क्रम जारी छ। पार्टी कार्यालयमा प्रहरी तैनाथ छन्। केही नबिथोल्ने अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु अधिनायकवादको स्पष्ट संकेत हो।’

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले समेत साझा पार्टीको शान्तिपूर्ण विरोधमा हस्तक्षेप गर्नु गतल भएको बताएका छन्।

विवेकशील साझा पार्टीको नाम नलिइ बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘विधिवत् दर्ता भएको कुनै राजनीतिक दलले देशको संविधान र कानून विपरित नहुने अभिव्यक्ति बोलेर, लेखेर, तुल टांगेर वा अन्य कुनै प्रकारले गर्दा त्यसलाई राज्यले बल प्रयोग गरेर रोक्नु अधिनायकवाद वा कसैप्रति चाडकी प्रदर्शनकै भद्दा नमुना हो। त्यसको सबैले प्रतिवाद गरौं।’ 

उता कांग्रेस नेता गगन थापाले समेत ब्यानर फाल्नु असंवैधानिक र निन्दनीय कृत्य भएको भन्दै विरोध गरेका छन्। उनले सिर्जनात्मक विरोध सहन नसकेको भन्दै सरकारलाई संवैधानिक अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन्।  ‘हाम्रो संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चित गरेको छ। त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सृजनात्मक विरोध पनि सहन नसक्ने ? विवेकशील साझाको ब्यानर च्यात्नु असंवैधानिक र निन्दनीय कृत्य हो’, नेता थापाले ट्विटरमा लेखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.