सहरबाट अतिक्रमित गाउँ
लामो समय गजल लेखनमा अभ्यस्त भएपछि राजकुुमार सुुब्बा ‘अनिश्चित’ कवि अवतारमा ट्रान्सफरमेसन भएका छन्। चार दर्जन कविता समाविष्ट भएको उनको कविता कृति ‘सुुदूर गाउँमा’ पाठकसमक्ष आएको छ। गजलमा बेग्लै छाप छोड्न सफल उनको अबको प्रयत्न भने कवि सत्तामा आफ्नो हस्तक्षेपकारी उपस्थिति दर्शाउनुु देखिन्छ।
नेपाली साहित्यमा गजल लेखन र त्यसको प्रभावमाथि आआफ्नै तर्क र विमर्श छन्। गजलका अधिकांश गुुरुहरूले गजल अलग्गै विधा हो भनिरहँदा अर्को तर्क गजल कविताकै एउटा स्वरूप हो भन्ने पनि आइरहेछ। भारतीय गजलकार मुुनावर राना भन्छन्, ‘गजल लेखन भनेको समुुद्रबाट एक गिलास पानी उभाउनुु होइन, भूरै समुुद्रलाई उक्त गिलासमा अटाउनुु हो।’
राजकुुमार गजलकार हुुन्। सम्भवतः यसैको प्रभाव हुुन सक्छ, उनको प्रायः कविता छोटो र चोटिलो छ। सरल तर बोधगम्य छ। यति बेला मानिस हतारमा छ। लामा र बौद्धिक कविता क्रमशः उपेक्षित हुुँदै गइरहेको सन्दर्भमा यस्तै छोटो र फास्टफुुड कविता अधिकांश पाठकका रुचि र रोजाइमा परिरहेछ।
कविता जीवनभन्दा बेसी परिभाषित भएको विषय हो। उहिले नेपाली कविता क्षेत्रमा काव्यिक निस्सिमताको अवधारणा सम्भवतः यसैकारण उठेको थियो। कवि राजकुुमारको कविता पढेपछि कविता समाज चियाउने झ्याल हो, लागेको छ। समाजको यथार्थ हेर्ने, बुुझ्ने एउटा माध्यम। जस्तो कि :
भेटिएनौ तिमी तर
तिम्रो राजधानी जस्तो
पञ्चमी बजारमा
पेरुंगोमा सुुँगुुरका पाठा र
कुुखुुराका भालेहरूसँग,
बरु भेटिए
ट्रान्जिट पोइन्टहरूमा
सहर झर्न लागेका गोलियाहरू
यो साल तिम्रो सुुदूर गाउँमा।
कविताकृतिको नाम ‘सुुदूर गाउँमा’ भए पनि कृतिको अधिकांश कविता सहरमुुखी छन्। ‘तिम्रो सुुदूर गाउँमा’ शीर्षकको कविता मात्र गाउँको कविता हो। त्यो पनि कवि निरपेक्ष रहेर हेरेको गाउँ। गाउँमा आइरहेको परिवर्तन। गाउँ बाँचेको प्राचीन र स्थानीय जीवन पद्धतिमाथि आधुुनिक सांस्कृतिक अतिक्रमणको ‘आँखोदेखि हाल’ हो उक्त कविता। कृतिको बलशाली कविता पनि हो यो। कृतिमा अर्को कविता छ, कविता र पहाड। यो कवितामा कविले प्रचलित विम्बको प्रयोग गरे पनि अभिव्यक्ति कलाको दृष्टिकोणबाट हेर्दा कविता उम्दा बनेको छ।
कविको समय र भोगाइ ज्यादा सहरमा भएर पनि होला, ‘सुुदूर गाउँमा’ समाविष्ट प्रायः कविता सहरमुुखी भएका। कुुनैप नि कविले आफूले अनुुभूत गरेको जीवन लेख्न ज्यादा सहजता महसुुस गर्छ। सहर मानिसले सुुरक्षाको कारण निर्माण गर्छ। त्यसो त विश्वका बहुुमत मानिस यति बेला सहरमा बस्छन्। तर सहरको गति र विकाससँगै विकृति र विसंगति पनि उसरी नै मौलाइरहेछ। यहाँ कविको काव्यिक सौन्दर्य सहरका ती विसंगतिलाई उजागर गर्नुु रहेको छ। यसर्थ उनको कविता सहरको विसंगति र मृत समवेदना चियाउने झ्याल भएको छ।
कृतिमा पहिलो कविता छ, जुुम्लाको चिनो र म। यो कवितामा कविले सुुदूरपश्चिम जुुम्लाबाट सुुदूरपूर्वको सहरमा सानोतिनो व्यापारका लागि आएको जुुम्ली व्यापारीलाई सम्झना गरेका छन्। कविले सांस्कृतिक, सामाजिक र आर्थिक अन्तरघुुलनको सानो हिस्सालाई उजागर गरेका छन्। त्यस्तै ‘बद्री’ कविता सहरको भुुइँमान्छेको प्रोट्रेट कविता हो, जो सहरमा बाँच्न संघर्ष गरिरहेछ। त्यस्तै अर्को कविता ‘खुुसीलालहरू’ सहरी सुुकुुमबासी बस्तीका मानिसमाथि लेखिएको कविता हो। जो सहरमा धिपधिप बाँचिरहेछन्। यी कविता पढेपछि कविको चिन्तनसँग साक्षात्कार हुुन्छन् पाठक। त्यसो त मानिसमा सौन्दर्यका आआफ्नै मानक छन्। चिन्तनका आ–आफ्नै तौरतरिका छन्। यद्यपि एक कविको संवेदनशीलताको परीक्षण यहीबाट सुुरु हुुने हो। जस्तो कि एउटा कोठामा पाँचजना मानिस छन्। तीमध्ये दुुईजना टन्नै अघाएका छन् र बाँकी तीन भोकै छन्। यस्तो अवस्थामा एउटा कवि कसको पक्षमा उभिन्छ ? मूलभूत प्रश्न यहाँनिर छ।
धेरै राजनीतिक उथलपुुथल बेहोरेपछि समाज नयाँ यात्रा उन्मुुख छ। राज्य नयाँ संरचनामा गएको छ। समृद्धि र विकासको नारा बुुलन्द भएको परिप्रेक्ष्यमा इतर सामाजिक आन्दोलन सुुषुुप्तप्रायः छ। यही समय हो, एउटा कविको चिन्तन ज्यादा जरुरी हुुने। समृद्धि र विकासको आवाजले कतै वर्ण र वर्गको मुुद्दालाई किनाराकृत पारेको छैन ? विकास भुुइँमान्छेसमक्ष पुुग्छ कि पुुग्दैन ? किनकि अरूतिर विकासले भुुइँमान्छेहरू झनै विस्थापित भएका उदाहरण प्रशस्तै छन्। यी र यस्ता प्रश्नमाथि ‘सुुदूर गाउँमा’ कविताकृतिले खबरदारी गरेको छ।
एउटा सुुन्दर कविता आविष्कार हुुनुुमा धेरै तत्वको गठजोड चाहिन्छ। सरलता कविताको एउटा पाटो हो। चरित्र हो। यद्यपि, सरल कविता तब उत्कृष्ट बन्छ, जब त्यहाँ तीक्ष्ण भाव सम्प्रेषित हुुन्छ। अभिव्यक्ति कला सुुन्दर रूपमा प्रस्तुुत भएको हुुन्छ। विषय बलियो छ तर प्रस्तुुति कमजोर छ भने कविता अधकल्चो हुुन्छ। सम्भवतः यसैलाई कला र शिल्प भनिन्छ। कवि राजकुुमारका कविता सरल छन्। गजलबाट कोल्टे फेरेर कविता लेख्न थालेकाले कविता छोटा पनि छन्। शब्दको भीड जुुटाएर मात्र कविता बन्ने त होइन। तर पनि कतिपय कविता पढ्दै जाँदा अपूरो लाग्दो रहेछ। अझै पुुगेन कि ? जस्तो लाग्दो रहेछ। उनको कविताको विषयवस्तुु कतिपय नवीन छन्। कवितामा समीचीन प्रयोग पनि भएको छ। तर, ती विषयलाई कवितामा कसरी खेल्ने उनी चुुकेका छन्। हुुनसक्छ, लामो समय गजलको सूत्रमा बन्दी हुुँदा कविताको सौन्दर्य उनको हातबाट छुुटेको छ।
मानिलिऊँ, कविता आविष्कार हो। त्यसो हो भने कविता लेख्न साधना चाहिन्छ। उता पश्चिममा ओराम पामुुकले कवितालाई ईश्वरको बोली भनेका छन्। यता दसौं शताब्दीका पूर्वीय चिन्तक राजशेखरले उनको कृति ‘काव्य मीमांसा’मा लेखेका छन्, रस वस्तुुमा होला नहोला तर कवि वचनमा हुुन्छ।
तसर्थ, ईश्वरको बोली रसिलो हुुनै पर्यो। कवितालाई रसिलो तीक्ष्ण भाव सम्प्रेष्णीयताले बनाउँछ। अभिव्यक्ति कलाले बनाउँछ। समीचीन संरचनाले बनाउँछ। भर्जिन विम्ब र गहन मिथकले बनाउँछ। र, सही सौन्दर्य चिन्तनले बनाउँछ। अन्त्यमा, कवि राजकुुमारले साधनाको रफ्तार थोरै मात्र बढाएमा उनको कविवचन रसिलो हुुनेमा दुुईमत छैन।